जान्नैपर्ने कुरा खानेकुरा पकाउँदा कसरी त्यसको पोषक तत्व नष्ट हुन नदिने ?
२०७५ भदौ १६ गते हामी खाना किन खान्छौं ? आम जवाफ हो, ‘भोक मेट्न ।’ यद्यपी खाना त्यही स्रोत हो, जसले हाम्रो शरीरलाई आवश्यक पोषक तत्व आपूर्ति गर्छ । अर्थात खानाबाट नै शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ । यसर्थ खाना खानु केवल भोक मेट्नु मात्र होइन, शरीरलाई जीवित, उर्जावान्, स्वस्थ, तन्दुरुस्त बनाइराख्न पनि हो । तर, हामी भोक मेट्नका खातिर खानेकुरा खान्छौं । स्वादका लागि खान्छौं । त्यही कारण यसमा कुन खानेकुरामा के पोषक तत्व पाइन्छ, त्यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरामा हामीलाई हेक्का छैन । प्रकृतिले हामीलाई यस्ता खानेकुरा दिएका छन्, जसले शरीरलाई बचाइराख्नका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ । हरेक खानेकुरामा आफ्नै किसिमको पोषक तत्व हुन्छ । ति पोषक तत्व सन्तुलित मात्रामा शरीरले ग्रहण गर्छ । सोही अनुरुप सन्तुलित खानपान गर्नुपर्छ । कति खानेकुरा पकाएर खाइन्छ, कतिपय काँचो खाइन्छ । स्वादका लागि पोषक तत्व किन नष्ट गर्ने ? खानेकुरा पकाउँदा अक्सर हाम्रो ध्यान के हुन्छ भने, त्यसलाई कसरी स्वादिलो बनाउने ? तर, हामीले ध्यान दिनुपर्ने चाहि के कुरामा हो भने, कसरी त्यसको पोषक तत्वलाई सुरक्षित राख्ने ? ख...