तकसेरा पर्यटन सूचना केन्द्र
पर्यटकलाई सहि जानकारी र भाषा,कला,संस्कृतिको मिठो अनुभब दिलाउनलाई पर्यटकिय क्षेत्र सुन्दर मगर वस्ती पुर्बी रुकुमको तकसेरामा जिल्ला बिकास समिति रुकुमको आर्थिक सहयोगमा तकसेरा पर्यटन सूचना केन्द्र स्थापना भएर २०७२ सालको भदौ महिना देखि संचालित सूचना केन्द्रमा आहिले सम्म आन्तरिक तथा भाहय गरि १०५ जना पर्यटकले जानकारी लियका छन् ७ जना संचालन समिति रहेको तकसेरा पर्यटन सुचना केन्द्रले जिबिससंग समन्वय गरेर काम गरि रहेको केन्द्रको अध्यक्ष विश्व बूढामगरले जानकारी दिनु भयो सूचना केन्द्रले पर्यटकिय क्षेत्रहरुको अदयन तथा अनुसन्धान गरेर पहिचानमा ल्याउने र लोपुन्मुख अबस्थामा रहेका कला संस्कृतिहरुलाई बचाउन अभियान चलाउदै जनचेतना फैलाएर दिगो रुपमा कला संस्कृति उत्थान गर्ने पनी बताउनु भयो /