जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र
–मैत्या घर्ती मगर
काठमाडौं । सानै उमेरमा चर्चा कमाइरहेको निर्देशक अनिल कम बजेटमा चलचित्रहरु निमार्ण गर्ने र दर्शकको मन जिट्ने निर्देशक मध्य एक हुन । तकसेरामै जन्मेका हाल, काठमाडौंमा बसोबास गर्दै आएका अनिलले पाँच चलचित्र निमार्ण गरिसकेका छन् । मगरले “लोम्बा” चलचित्र पाँच बर्ष पछि प्रर्दशनमा लिएका छन् ।
मगर समुदायमा एउटा भेडाले हजाराँै भेडाहरुलाई नेट्रत्व अथवा अगुवाई गर्छ, जसलाई ‘लोम्बा’ नामले चिन्ने गरिन्छ । रुकुमका भेडा गोठालोहरुले बर्षभरी भेडाहरुलाई चरिचरणको लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने चलन छ । त्यसैले यात्राको क्रममा एउटा नेता भेडाको आवस्यक पर्छ । त्यही नेता भेडाको सहारामा अरु भेडाहरु एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । सोहि प्रकृयालाई फिल्म मार्फत अनिलले उतारेका हुन् । अनिल भन्छन्–‘हजाराँै भेडालाई बाटो देखाउने लोम्बाको मृत्यु भएपछि अर्को लोम्बाको तयारी र गोठालोहरुलाई आउने संकटनै फिल्मको आत्मा हो । सोहि कथासंगै तकसेरामा अवस्थित मगर समुदायको ब्यवसायीक, आर्थिक, राजनितिक, संस्कार, संस्कृतिहरुलाई चलचित्र मार्फत चित्रण गर्न खोजेको छु ।’
निर्देशक अनिलको टिम युनिट जम्मा ६ जना मात्र भएको जानकारी दिनु भयो । अनिल भन्छन्–‘अब कम बजेटमा फिल्म बनाउँदिन् । ठुलो बजेटमा चलचित्र गर्न काम पाएन भने अबको दिनमा चलचित्रनै बनाउँदिन । कम बजेटमा चलचित्र बनाउँदा भिविन्न समस्याको घेरा भित्र हराइदोरहेछ । मानौं कि, कुनै जंगारमा खुट्टा अट्किएको झैँ महशुस भएको छ । आफूले देखाउन खोजीएको र गर्न खोजीएको काममा बजेट पुगेन भने सोचे जस्तो चलचित्र निमार्ण नहुँने अनि दर्शकको मन जिट्न नसकिँदोरहेछ ।’
ए.वि.एम९ब्द्यः० सिनेमा प्रोडक्सन प्रा.लि र रिडी फिल्मस प्रा.लिको भ्यानरमा तयार भएको ‘लोम्बा’ चलचित्रको प्रोडक्सन म्यानेजर सुरेन्द्र पुन मगरले हेरेका छन् । निमार्तामाको भूमिका तेजेन्द्र बहादुर बुढामगर, सुरेन्द्र पुनमगर, जनक बुढामगर र शम्बु पुणमगरले गरेका हुन । छायाङकन जनक बुढामगर र शम्भु पुनमगरले गरेका छन् । त्यसैगरी कृष्ण पुनमगरको म्युजिक र राजन खड्काको सम्पादन, नेपाली सबटाइटल कर्णबहादुर बुढामगरले गरेका छन् भने, अंग्रेजी सबटाइटल मुलमान बुढामगरले गरेका हुन । मुख्या कलाकारको भूमिका जनक बुढामगर, मैत्या घर्तीमगर, धनरुपी बुढामगर, तिर बुढामगर, नारायण बुढामगर, शम्बु पुनमगर, रामविनी बुढामगर, सुक्मित बुढामर, सुरत पुनमगर, कर्मज्योति पुनमगर र स्वयम अनिल बुढामगरले भूमिका निभाएका छन् ।
निर्देशक अनिलको लोम्बा मात्र होइन । अन्य चलचित्र पनि छन् ।
निर्देशक अनिलले ‘लोम्बा’ चलचित्र ल्याउनु भन्दा पहिले फिचर फिल्म ‘गाउला’(गोठालो) २०१२ ‘युँःपा’(टुक्रेको मुटु) २०१२, छोटो चलचित्र ‘रैथाने ज्ञान विनाको जीवन’ २०१३, डकुमेन्टी ‘पहिचानको खोजी’ २०१४, मा निमार्ण गरेका छन् । उनको दुई चलचित्र ‘गाउला’ र ‘रैथाने ज्ञान विनाको जीवन’ फेस्टिबलहरुमा पुगेर नाम कमाईसकेका छन् । बर्खर ‘घुमाउने घर’ चलचित्रमा मुख्य कलाकारको भूमिका निभाएर आएका अनिलले फेरी आफ्नै लेखन र निर्देशनमा तयार हुन लागेको ‘कुनुको’ चलचित्रको तयारीमा जुटेका छन् ।


Comments
Post a Comment