अन्न ब्यबस्थापन सिजन
रुकुमको पुर्बी मगर खाम भासी क्षेत्रमा आजबोलि अन्न बित्रयाउने हतारो छ | असोज महिनामा बारी बात घर बित्र्याएर केलाई जीलाई गरे पछि ६ महिना बाहिर आगन वा घरको थाला ( छत मा ) भण्डारण गरेर सुकाइन छ | यसरि सुकाउदा पछि सम्म राख्दा गुण किराले नछुने र खाँदा पनि रसिलो हुने गरेको बुदा पाखा हरुले बताउनु हुन्छ |
६ महिना भेडाबाख्राहरु संग औलो (गर्मि ठाउँ ) तिर झर्नुपर्छ घर भित्र राख्दा वसिने र गुण किरा ले खाने डरले गर्दा बाहिर सुकायर छोडिन्छ | गर्मि बढे पछि गाउँ घरमा फर्केर आ आफ्नो अन्न घर भित्र भित्र्याउ छन |
Comments
Post a Comment