ढुई आंधीको साक्षि खारा ब्यारेक



          तत्कालिन बिद्रोही नेकपा माओवादीले देशको मुहार फेर्न २०५२ साल फाल्गुन १ गते रुकुमको राडी,रोल्पाको होलेरी र सिन्धुलीको सिन्धुलिगढ़ी चौकी मा हमला गरेर जनयुद्द सुरुवात गरि १० वर्ष  सम्म वर्गीय लडाई लडे संसारलाई चकित तुल्याउदै देशमा ठुलो परिवर्तन | २४० वर्षीय राजतन्त्र दलेर शान्ति सम्झौता हुँदै देशमा लोकतन्त्र,गणतन्त्र आयो | २ पटक निर्वाचन हुँदै देश संघिय गण राज्यको दौरानमा छ | विद्रोही र राज्य विचको युद्दमा १२ हजार नेपालीहरु मारिय | धेरै बेपता घाइते आपंग भय | नेपाली जनताहरु दुवै पक्ष बाट त्रसित भयर खुकुरीको धारमा जीवन जिउन विवस थिय | विगतका ति भोगाइ र बोलीहरु चत्त्कै विर्सेर आहिले आयर नेताहरु आलिसान महलमा रमेर जियका छन् | त्यो युद्दको आधिभुमी रुकुम,रोल्पाका जनताको जीवन सैली र लालसेनाले परेड खेलेका आधार ईलाकाहरु उस्तै छन् | त्यो महान जनयुद्दमा लडाईको सामना गरेको साक्षि हो रुकुमको खारा | देशमा सबैतिर युद्दको आगो सल्किय पनि खारामा फरक किसिमले आगो लाग्यो | खारालाई फर्केर हेर्दा २०५६ साल फाल्गुन १० गते माओवादीको गोलि प्रहारबाट प्रहरी जवान गोपाल केसीको मिर्त्यु भयो आक्रोसित प्रहरीले भोलि पल्ट खारा गाउँमा आगो सल्कायो १५ जान गाउँले मरिय ७४ घर जलेर खरानीमा परिणत भयो | त्यस्को बदला लिन नेकपा माओबादीले २०५९ जेस्ठ १३ गते र २०६१ साल चैत्र २६ गतेमा गरि  २ पल्ट हमला गरेर ढाल्न नसकेको  नेपाली जनयुद्दको ईतिहासमा जीवित रहेको छ |

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र