हल्सार { हलो र भूमिको पुजा }



रुकुमको तकसेरामा एउता अनौठो प्रचलन रहेको छ | हलो बनद  र फुका गर्ने वर्ष भरिमा ४ महिना बारीमा हलो जोतन पाइदैन यदि कसैले नियम बिपरित जोतेमा जरिवानाको भागीदार हुनुपर्छ | खाम भाषी मगरको इतिहास अनुसार मगरको पहिलो बस्ति हुकाम गाउँ र  ढोसरो बस्ति तकसेरा  हो | तकसेरामा बस्ति बसायर जिबिका चलाउदै गर्ने क्रममा घर्तिहरुको पुर्खा बेलैमा बिते एक मात्र छोरो टुहुरो हुन पुग्यो | सम्पति हडपने धाउमा त्यो घरमा काम गर्ने छततु कमारोले टुहुरो  केटोलाई बागलुङ्ग्को निसी गाउँमा बेचेर छोड्यो |
२,३ वर्ष तकसेरामा बादी पहिरो र दैबी पर्कोप्ले सतायो एकजना झैसिले पहिलो बस्ति बसाउने मान्छेको  छोरो रहेछ त्यो केटोलाई लियर पुजापाठ नगर्दा सम्म यो आनिस्त हट्दैन बने पछि सबै गाउँलेले सल्लाह गरेर खोज्ने निदो गरे खोज्दै जाने क्रमममा निसी गाउँमा बेते फर्कायर लियर शुभ  दिन हेरेर टुहुरो घर्ति केटोको हातबाट पुजापाठ गरे पछि कहिले पनि आनिस्त बयन | त्यो दिन देखि तकसेरा बासिले घर्ति केटो को जयजय कार गरेर तक गाउँमा हुने ५  वटा ठुलो पुजाको जिम्मा दिय |
आहिले सम्म तक गाउँमा पुजा घर्तीको हातबाट नै हुँदै आयको छ | त्यो दिनको सुरुवाती काम लाइ सम्जेर त्यो दिन नै हलोको पुजा गर्ने गरिन्छ | हलोको पुजा हल्सार अरु थरले लाउन पाउदैनन उमेर पुगेका घर्ति केटाहरुको उमेरको रोल क्रम अनुसार लाउने जिम्मा लगाइञ्छ | पालो पायको घर्ति युवाले नया [फाली कोठाला ] नया हलो सुद्ध गोरु [सिङ्ग र काँन  खुट्टा राम्रो बयको ] पुजामा चाहिने भाले र खानेकुरा जांड रक्सिको जोहो गर्नु पर्छ | पुसको १ गते हल्सार लगाउने युवा र हल्सारको झैसी धवारा दिन हेरेर टुंगो लगाइञ्छ | फाल्गुनको पहिलो हप्ता शुभ साइत र शुभ दिनमा बिहानको  घामको जुल्को संगै बिधिपुर्बक पुजापाठ गरेर हल्सारको सुरुवात गरिन्छ | यो वर्ष लाक बहादुर घर्ति मगरको पालो परेको थियो | उहा हाल जापानमा बयको हुनाले सत्तामा उहाको भाइ धन्पर्ताप घर्ति मगरले पुजापाठ गरिदिनु बयको थियो |
   

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र