भरान बोक्ने झारा
मैत्या घर्ती मगर
रुकुम, रोल्पाको खामभाषी बस्तिमा हरेक काम गर्दा सामुहिक रुपमा गर्ने गर्छन् । ब्यात्तिगत काम देखि लिएर सामाजिक काम सबै मिलेर गर्छन् । घर बनाउनलाई आबस्यक हुने काठ र डुङ्गाको झोरझाम गरेर झाराको लागी आफनो वडामा उठाउनी (२ दार्नी रक्सी १ हजार दाम) बोकेर बहिदारको घरमा पुग्छ तकसेराको कौडे घर्ती मगर । बहिदारले कतवाललाई वडाका सबैलाई उठाउनी खान र झाराको निर्णय गर्न बहिदारकोमा जम्मा हुन् निर्देशन गर्छ् । वडाका सबै बहिदारकोमा जम्मा भएर सबैलाई उपयूत्त हुने समय तथा शुभ दिन हेरि झाराको दिन तोकियो बुधबार चैत्र ९ गते । झाराको दिन बिहानको भालेको पहिलो डाकोसँगै दमाईले खुतु (सबैलाई संकेत दिन दमाह) बजाउँछ झरालुले आ आफनो चुलोमा पाकेको खाना खाएर झिसमिसेमै हिँदछन् । आधी बातोमा पुगेपछि सबै जना आए की आएन्न जाँचबुज हुन्छ । भरान भएको ठाँउमा पुगेर आ आफनो झोलामा भएको अरनी खाएर आफुले सकने सम्मको बोक्छन् अझ यूवायूवतीमा त कसले ठुलो भरान बोक्न सक्छ भनेर प्रतिस्पर्दा नै हुनेगर्छ । भरान बोकेर फर्किने बेला बिच बातोमा घरभेतीले प्रछाउ (खाजा) पु¥याई दिन्छ । अरनी खानु अगाबै साली भेना बिच कक्रचौली (तानातान बाजी) खेल्छन् । त्यसपछि मात्र नास्तापान हुन्छ । यता घरमा कौडेले एउटा सुंगुरको पाठो कातेर भान्सा तयारी बनाएर राख्छ । भरान घरमा ल्याए पछि सुरक्षित ठाँउमा चाँचेर राख्छ । घरभित्र राख्न एउटा मुल भरान हुन्छ त्यसलाई धुप, अक्षता र सेतो टिका लगाइ भालेको भोग (रगत) दिएर खानपिन शुरु हुन्छ । झारामा गएका झरालुहरुले खानपिन सिद्धयाए लगतै खुशियालीमा नाचगान गरेर रमाइलो गर्छन् । यसरी बस्ति बसाउ देखी लिएर सामुहिकतामा मिलेर बाँच्ने शैली निकै फरक छ हाम्रो देशमा समाजवादको भाषण खोकेर नथाकने नेताहरु खाम बस्तिमा गएर सिक्दा हुन्छ समाजवादको अनुभब ।
Comments
Post a Comment