काँडो




मैत्या घर्तीमगर
  मगर समाजका प्राय रितीरिवाजहरु अन्य जातीहरु भन्दा फरक रहेको पाईन्छ । आफनै संस्कार, संस्कृती, रहनसहन, भेषभुषा, चालचलनमा रमेका मगर समुदायले ईष्तकुतुम्ब, विवाह र विशेष भोज पनि अनौठो तरिकाले गर्छन् । घरमा आएको वा बोलाईएको पाहुनाहरुको सब भन्दा पाखो (जेष्ठ) मान्छेलाई मार हान्ने जिम्मा दिईन्छ् । पाखो मान्छेले मार हानिसके पछि पाप गरे वापत एक बुतको (कतौरा) रक्सी खुवाईन्छ् । मार मारिसके पछि बाँकी काम घरको भाई भन्दद्धारा कातकुत गरेर पकाउँछन् । मारको ताउको, दाहीने खुट्टा सगलो, मुतु, मिर्गौला, अलिकति आन्द्रा भुँडी लठ्ठीमा काँचै उनेर राखिन्छ् । खानपिन र भलाकुसारी भएपछि ईस्त कुतुम्बलाई बिदाई गर्दा सम्मान स्वरुप एक कटौरा पकाएको मासु रक्सी र काँडो बोकेर घर सम्म पु¥याउँने चलन रहेको छ । त्यो काँडोलाई भोजमा गएका सबैले पकाएर बादीचुदी खान्छन् ।  

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र