दिकरे नाच




मैत्या घर्ती मगर
 पुर्वी रुकुम तथा आसपासका खाम भाषी क्षेत्रहरुमा प्रचलित रहेको परम्परागत प्रख्यात नाच हो दिकरे । नयाँ वर्षको शुरुवात सँगै औपचारिक रुपमा वैशाख १ बाट बैशागे पुन्नि सम्म मगर बस्तिहरुमा प्रत्येक साँझ चोक चौतारामा नाच्ने गर्छन् ।


समुहमा नाचिने दिकरे घुर (अगुवा) को चाल तथा तालमा हरेक चाला नाच्ने गरिन्छ । गुरु मान राख्दै शुरुवात गरिने दिकरे नाच अनत्य पनि गुरु मान राख्दै हुन्छ । शास्त्रीय विधी विधान अनुरुप नाचिने दिकरे नाच ८ चालामा नाचिन्छ । संस्कृती हस्तान्तरणमा समस्याको कारण सबै चाला नाच्ने र बाजा बजाउन जान्ने घुरुको अभाब हुन गई यो नाच केहि चालामा सिमित हुँदै आएको छ । दिकरे नाचको समयमै संरक्षण र संवर्धन गर्न नसके लोप हुने अवस्थामा रहेको छ ।


Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र