रुकुममा पनि पर्यटन पत्रकार
समृद्धिका लागी पर्यटन संचार अभियान भन्ने मुल नाराका साथ नेपाल पर्यटन पत्रकार संघ जिल्ला शाखा रुकुमको प्रथम अधिवेशन सम्पन्न भयो । मैत्या घर्ती मगरको अध्यक्षतामा शुरुवात भएको कार्यक््रमा नेपाल पर्यटन पत्रकार संघको केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतु विचार)को प्रमुख आतिथ्या रहेको विशेष अतिथि संस्कृती तथा पर्यटन विकास केन्द्रको अध्यक्ष पहलसिँह घर्ती मगर तथा पर्यटन सुचना केन्द्रका अध्यक्ष चन्द्र बहादुर केसी प्रेस सेन्तरका अध्यक्ष मेगराज खडका प्रेस युनियन बात आर्दश केसी सानोभेरी यातायात बस समितीको महासचिव बिरबहादुर मल्ल लगायतको उपस्थिती थियो । अधिवेशन बात मैत्या घर्ती मगरको अध्यक्षतामा १३ जना सदस्य रहेको नयाँ कार्य समिती सर्व सम्मत गठन गरियो । जसको वरिष्ठ उपाध्यक्षमा नारायण ओली महिला उपाध्यक्ष सिता विश्वकर्मा सचिव भुपाल बुदा मगर सह सचिव छविलाल विष्ट कोषाध्यक्ष नवराज केसी सदस्यहरु अल बहादुर पुन मगर,प्रेम कँवर मगर,पविता बाँठा मगर,निरुता चन्द,विशाल विष्ट,दिपेन्द्र महतरा,प्रेम विक रहेका छन् । नवराज केसी को स्वागत मनतब्य र भुपाल बुदा मगरको सचालनमा कार्यक््म सम्पन्न भएको थियो ।

Comments
Post a Comment