चैते दशैँमा बुर्काउने




मैत्या घर्ती मगर
 छ महिने औल (तराई) बसाई सकेर आ आफनो माल (भेडाबाख्रा) शिखर (पहाड) फर्काएर चैते दशैँको मुखैमा गाउँघरमा आएर गोठालाहरु  ईस्तमित्रहरु संग झमघत भएर रमाईलो गर्छन । चैते दशैँलाई विशेष भेतघात हुने अबसरको रुपमा मनाईन्छ् । भारतको राष्ट्रिय खेल हक्की जस्तै देखिने खेल हो बुर्काउने । अनौपचारीक रुपमा चैत्र १ गते देखी युवायुवतीहरु वनमा गएर हक्की जस्तो तुप्पोमा गुमेको काठ कातेर लिन्छन् । मेलापात बात फर्के पछि हरेक साँझ खुल्ला चौरमा भेला भएर समुह समुहमा बाँडिएर खेल्ने गर्दछन् । चैते दशैँको दिन बिहानै पुजापाठ गरी खानपिन सकेर चौरमा सबै मानिसहरु भेला भएर औपचारीक रुपमा बुर्काउने खेलको उतघातन गरि वर्षको राम्रो तर अन्तिम खेल बुर्काउनेले काठको बल बुर्काएर विप्क्षीको पोस्तमा छिराएर बाजी मारिन्छ । दिन भरि बुर्काउने खेलमा बिभिन्न बाजी राखेर पक्ष विप्क्षमा यो खेल खेल्ने चल्न रहि आएको छ् ।  

       

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र