खुट्टे खेल (तस्बिर कथा)





मैत्या घर्ती मगर
   मेलापात जाँदा होस या चाडपर्बको दिन महिलाहरु समुहमा खेलिने खेल हो खुट्टे । शुरुमा ५ वा ७ जनाको समुहमा बाँडीएर भुँईमा कसले खुट्टा ठड्याउने र कसले नाघने निरक्योल गोला प्रथा गरिन्छ् । तिममा एक जना घुर (अघुवा) चुन्निछ् घुरले खेल्न पहिलो खेल शुरुवात गर्छ अरु खेलादीहरु प्छि पछि खेल्दै जान्छन् । कुनै खेलाडीले बिप्क्षी तिमको खुट्टा छोएमा त्यो खेलाडीले खेल्न पाउदैन् पुनः घुरले खेलिदिन्छ् । यदि घुरनै मरेमा विप्क्षी तिमले नाघ्ने पहिलो तिमले भुँईमा खुट्टा ठड्याउछ । १.पहिलो राउण्डमा भुँईमा ठड्याएको खुट्टा जति सक्यो अग्लो बनाई नाघ्ने (घाप्ने)
२.खुट्टा एक आपसमा जोडेर फिँजाउने (फेसा)
 ३.एक खुट्टाले नसमाएर घुम्ने (खोङगै )
 ४.एक खुट्टा समाएर घुम्ने (केउद खोङगै)

५.एक खुट्टा अर्को खुट्टाको घुँडा माथी राखी नसमाएर खेल्ने
 ६.एक खुट्टा अर्को खुट्टाको घुँडा माथी राखी समाएर खेल्न
७.दाँया खुट्टाको बुद्धी औँलाले बाँया खुट्टाको बुद्धी औलामा च्यापेर घुम्ने (काप्ने)
८.एउता खुट्टाको पाईला माथी अर्को खुट्टाले तेकेर उफ्रिने
९.घेरा बाहीर बिस इन्च देखि माथी खुट्टा फत्याउने कम भयो भने मर्छ (पाखाकाउ छा)
 १०.घेरा भित्र उफ्रेर बिस इन्च देखी माथी फत्याउने (ओजेँलाउ छा)
११.सबै खुट्टालाई दश दश पतक छितो छितो उफ्रेर नाघ्ने यसरी सबै चरण नछोई पार गरे पछि त्यो समुहको जित हुन्छ ।      

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र