तकसेरा देखि युक्रेन सम्म






मैत्या घर्ती मगर
   पुर्वी रुकुमको तकसेरा मगर बाहुल्य तथा कला संस्कृतीको धनि बस्तिहरु मध्ये एक हो । यहाँका मानिसहरु नेपालको प्रमुख सहर देखी संसारको हरेक कुना कन्धरा सम्म पुगेका छन् । तकसेरावासी भेडाबाख्रा पालन र कृषिमा आश्रीत छन् । पढाई राम्रो र व्याम कसरत गर्न सक्नेहरु बृतीस तथा भारतीय आर्मीमा नापिन्छन् अलि पैसा हुनेहरु अमेरिका,युरोप छिर्छन् सामान्य परिवारका ब्यातिmहरु खाँदी मुलुक पुगेर मन्नग्य पैसा कमाएर छोराछोरी सहरको राम्रो स्कुलमा पदाएर जिविकोपार्जन चलाउँछन् । यस्तो कार्य तकसेराको संस्कार नै बनिसकेको छ । सबै युवाहरु विदेशीने समाजमा सामान्य गरिब परिवारमा जन्मे डा.अनिल बुदा मगर । गाउँघरको थाला (घरको छत) मा ध्यालकत (ओखर) हान्दै,उनिउँ घारीमा लुकामारी खेल्दै नजिकैको उत्तरगंगा नदीमा माछाको बुरा समात्दै चेल्वाँ चौरमा कर्ती (डण्डी वियो) खेलेर बिताउनु भयो । सानै उमेरमा घरमै कखरा सिक्दै श्री महेन्द्र मावीमा भर्ना भएर औपचारीक शिक्षा प्रारम्भ गर्नुभयो । बच्चपनमै मगरले बुवा गुमाएर टुहुरो हुन पुगे । मैतेली घरमा बसेर जिवनको गोरेतो पहिल्याएर उकाली ओराली,पाखा पखेरा भिर पहरामा रमेर बालापन बिताउनु भयो । स्कुल बिदामा संगीसाथीसँग मिलेर हिउँको थुप्रोमा चिसोको प्रबाह नगरी कथ्यङग्रीएका हातले दल्लो पारेर कहिले वन भित्र छिरेर चराको गुँड चहारेर रमाए । शैक्षिकसत्र शुरुवातमै ६ कक्षा पास गरेर कक्षा ७ मा भर्ना भएको ३ महिनामै मामाको सहारामा जन्मभुमी तकसेरा छोडेर नेपालको राजधानी काठमाडौ हानीनु भयो ।
 गाँउले परिवेशमा हुर्किएका मगरलाई सहर छिर्दा हरेक चिज नौलो लाग्यो । जिवनमा पहिलो चोती बाग्लुङ्गमा त्याकतर आएको देखे तर्सेर बेजोद डौडेर बाटो घारीमा लुकेर चिहाए । मामाले सामान बोक्ने वस्तु भनेर सम्झाए पछि बल्ल दुक्क । पहिलो पतक बसको सितमा बसेर मिठो अनुभब सँगालेर सपना या बिपनाको यात्रा बनेर कल्पना गर्दा गर्दै ज्याप्पै ब्रेक लाग्यो मगर मामासँग काठमाडाँैमा । करिब २ महिना राजधानीको कोलाहल र झिलिमिलिमा रुमलीए पछि अर्को यात्रा तय भयो भारतको पश्चिम बेङगलमा । काठमाडौँमा मिठो अनुभब बतुल्दा बतुल्दै रोमान्चित भएका मगरलाई भारतमा झन अच्चमित तुल्यायो । १ रात २ दिनको बस यात्रा पछि बेङगलको सेभेनथ–दे एडभेन्तीस्त विद्यालयमा पुगे । यात्राको थकान र गर्मीले लख्तरान मगरलाई मामाले नुहाउने कोठा तिर नुहाउन पथाएर मामा नेपाल तिर सुईकुचा ठोके । मगर नुहाएर निस्कदा मामालाई देखेन जताततै खोजे भेत भएन् । आफन्तको याद र त्यो रमाईलो गाँउघरको क्षणहरु सम्झेर हप्तौ दिन रोएर बिताए । नेपाली नै बोल्न नआउने गाउँले ठिटोलाई हिन्दी र अङग्रेजी त कुन चरिको नाउँ थियो । पदने,खाने,बस्ने,सुत्ने र खेल्ने पुरै २ महिना सांकेतीक भाषामा काम चलाए । शुरुवातको दिन आफै ५ कक्षामा छिरे शिक्षक आएर अघिल्लो दिनको पिरिएड सोधन थाल,े आयो पालो मगरका¬¬े भाषा नबुजे पछि मगरले गालामा कसिलो चढकन् भेताए । विद्यालय छुट्टी हुने बितिकै सरासर कोठामा पसे मानसमा दिउँसोको चढकन झलझली घुमि रह्यो । रातको १२ बजे तिर कोठा बात निस्केर भागे करिब ५०० मितर तादा बात होस्तेलको धिनले फर्काए । धिनले धेरै सम्झाएर एउटा सर्त राखे ए,बी लेख्न सक्यो भने ५ कक्षामा पढ्ने यति सुने पछि मगरको मनमा केही आशा पलायो नाथे ए,बी लेख्न त कसो नसकिएला भोली पल्त मगरलाई लेख्न लगाईयो । आधा आधी सम्म लेखे पछि सकेन गाउँको विद्यलयमा ७ कक्षामा पुगेको लक्का जवान सेभेनथ–दे एडभेन्तीस्त स्कुलमा १ कक्षामा भर्ना भएर औपचारीक रुपमा पढाईको प्रारम्भ गर्नुभयो ।
 १ कक्षामा करिब ३ महिना पढेपछि स्कुलले दुईमा छिरायो । सेभेनथ–दे एडभेन्तीस्त विद्यालयमा कक्षा नाघदै २,४,६ सम्म पढेर तमील नादुको ई.दी. थोमस उच्च माध्यमिक विद्यालय मा पुुगेर कक्षा नाघदै ८,१०,११ र १२ कक्षा सम्मको शिक्षा पुुरा गरेर नेपाल फर्किनुु भयो । नेपालमा आएर जेनिथ विद्यालयमा होस्तेल धिन भएर बिहान कलेज र दिउँसो शिक्षण पेशा गरेर बिताउनुु भयो । २ वर्ष नेपाल बसाई पछि उच्च शिक्षाको लागी राम्रो बिदेसी विश्व विद्यालय खोज्दा खोज्दा फेला प¥यो युक््रmेनको ओदेसा मेडिकल युनिर्भसिती । पुतलीसडकमा रहेको एक कन्सलतेन्सीको माध्यम द्धारा कलेजसँग कागजी प्रक््िरmया अगाडी बदयो । २ महिना कुराई पछि भिसाको लागी भारतको नयाँ दिल्लीमा पुगेर अन्र्तर्वाता दिएकै दिन ५ हजार भारु बदि तिरेर एक्सप्रेस भिसा लिएर डाक्तर भन्ने सपना र मनमा उत्साह र उमंग लिई नेपाल फर्किए । भिसा त पाए मगरलाई अर्को आपत आई लाग्यो सामान्य परिवारको ब्यतिmलाई डाक्तर पढने सपना चानचुने थिएन् । डा. मगर पढ्ढा मामाको ठुलो योगदान रहेको छ् । अलि अलि आफन्तको पैसा मागेर बाँकी सबै ऋण काढेर युक््रmेन तिर पाईला अघाडी लम्काउनु भयो । युक््रmेनमा पुगेर उच्च शिक्षाको प्रमाणपत्र प्राप्त गर्न पढाईमा रातदिन घोतलीएर झन्डै ७ वर्ष बिताउनु भयो । युक््रmेन बसाईको क््रmम्मा एकातिर पढाई अर्को तिर खानपिन र पैसाको निकै समस्या र अपथ्यारासँग जुडनु प¥यो । आफना साथीहरु मनोरञ्जन लिन दिस्को छिर्दा मगर पुस्तकालयमा गएर ज्ञानर्बद्धक पुस्तक हेरेर सुनौलो सपनामा डुबुल्की मारेर समय बिताउनु हुन्थ्यो । खर्चको अभाबमा प्राय पाउरोती खाएर बिताए ।
 युक््रmेनमा भात खान चामल साह्रै मंहगी । भातको सत्तामा फलफुल धेरै खाएको सम्झी मुख मिथ्याएर यो पंतिmकारसँग गफ गर्नु भयो । पढाईमा दखल मगरलाई कलेजले निशुल्क बस्ने ब्यावस्था मिलाई दियो । पैसाको समस्या त छँदै थियो बस्न सहुलिएत पाए पछि मिहिनेतसँग पढेर तेसछटठ्रो वर्षको अन्तिम परिक्षामा कलेज तप हुँदा आधा फि नै मिनाहा गरिदियो । ठुुलो उद्धेश्य र मिठो सपना बोकेका मगरले एमडीको अन्तिम परिक्षामा युक््रmेन तप भएर ओदेसा मेडिकल युनीर्भसितीमा आफनो नाम सुनौलो अक्षरले लेखन सफल हुनुभयो । शिक्षा मन्त्रीको हात बात विश्व विद्यालयको पदबी प्राप्त गरेर आफनै मातृभुमीमा फर्किनु भयो । नेपालमा आएर पहिलो पटक मै नेपाल मेडिकल काउन्सील बात एन.एम.सी.दर्ता नम्बर निकाल्न सफल भए मगर । बाहिर देशको लामो बसाईमा तितो मिठो अनुभब संगालेर एमडीको प्रमाण पत्र झोलामा राखेर साथमा निशुल्क स्वास्थ्य शिविर लिएर जन्मभुमि तकसेरामा फर्किए ।
 ४ दिन चलेको शिविरमा तकसेरा लगाएत छिमेकी गाविसका ६१५ जना महिला पुरुषले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा दुई ओटा भिडियो एक्सरे मेसिन सहित डा.मगरको नेतृत्वमा २० जनाको टोलीले स्वंयम सेवी काममा साथ दिएर ७ लाख ७५ हजार खर्च गरेर   डा.मगरले तकसेरावासीलाई सेवा दिनुभयो । डा.मगरलाई जलजला स्वास्थ्य केन्द्र थबाङ रोल्पाको ब्यबस्थापन र्ईन्र्चाज राज कुमार बुदामगरको तोली र जापानी डाक्तर रुईकिचि एसिदा तथा जापानी विद्यार्थी युका नाकामुराले साथ दिएका थिए । डा.मगरले आउँदा दिनमा गाउँघरमा रहेका आफु जस्तै गरिब दिन दुःखीहरुको सेवागर्ने बताउनु भयो । शिविरको पहिलो दिन तकसेराको बुद्धिजिवी लगाएत त्यहाँ रहेको समुहहरुले सामुहिक रुपमा डा.मगरको तिमलाई भब्य कार्यक््रmम गरेर स्वागत गरिएको थियो ।
           

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र