मैकोटमा यार्साको चतारो





  मैत्या घर्ती मगर
        रुकुम जिल्लालाई दुई भागमा बिभाजन गरे सँगै पुर्वी रुकुमको साविक्को ११ वटा गाविस ३ गाँउपालिका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाँउपालिका ५ न. प्रदेशमा जोडियो स्थानीय निकायको निर्वाचन दोस्रो चरणमा हुने सरकारी निर्णयसँगै पुथा उत्तरगंगा गाँउपालिकाको १ र २ न.वडाका मैकोटवासीहरु बहुमुल्य जडिबुती यार्सागुम्बा अबैध चोरी निकासीको सुरक्षाको लागी यार्सा भुमिको नाका नाकामा तैनाथ छन् । यसपाली सुरक्षामा खतिएका सुरक्षाकर्मीहरु ५० प्रतीशत त महिला र दुधेबालक सहित आमाहरु सरिक भएका छन् । १ न. वडा बात अभिमान नेपाली (सन्देश) र २ न. वडा बात धर्मजित कामीले क्याम्प सुरक्षा कमाण्डरको जिम्मा लिएका छन् । यार्सा पातनमा करिब तिन सय जना सुरक्षा दस्ता खदा भएका छन् ।

     एक घर एक सुरक्षा दस्ता निति लिएको यार्सा सिजन ब्यावस्थापन समिती २०७४ मा पञ्चायत कालको पुर्वप्रधान पञ्च छाँया बहादुर पुन मगरको अध्यक्षतामा १५ सदस्यको सिजन समिती गठन भएको छ । यसपाली मैकोटले बिल्कुलै नया समुह द्धारा सिजनको जिम्मा पाएको र यो वर्ष सुरक्षादस्ताले सिजन ब्याबस्थापन बात कुनै पनि खर्च पाउने छैन्न । आफै आत्म निर्भर भन्नु पर्नेछ । सिजन समितीका सल्लाहकार तथा पुपाल यूवा कल्वको अध्यक्ष भरत कुमार पुन मगरले जानकारी दिनु भयो । यार्सा शुरक्षामा जाने स्थानियहरुले प्रत्येक घर कुरियाले पाँच हजार शुल्क तिरेर शुरक्षा पास प्राप्त गरेर यार्सा पातनमा तैनाठ भएका छन् । यो सिजनमा सबै सर्वसाधारणहरुले १५ सय रुपिँया शुल्क तिरेर प्रवेश पास पाउनेछन् ।

    सिजनको अवधिभर गाँउमा असक्त वृद्धवृद्धा बाहेक किसान, महिला, बालबालिका, विद्यार्थी, शिक्षक, कर्मचारी सबै यार्सापातन पुग्ने तयारी गर्दै वर्ष भरिको खर्च जुताउने मिठो सपना बुन्दैछन् । मौसम प्रतिकुल्ताले हिमालको बसाई भने थप जतिल भएको छ सुरक्षामा गएका सुरक्षा दस्ताहरु चिसोले बिरामी भएर थलिएका छन् । यो वर्ष स्थानीय निर्वाचनको चतारोले गर्दा जेष्ठको पहिलो हप्ता नै सर्वसाधारणले यार्सा टिप्न पाउने कुरा पुनले बताउनु भयो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र