भुमिनाच प्रारम्भ
मैत्या घर्ती मगर
उभेली समयमा मगर समुदायमा वाजागाजाहरु बन्द हुने भएकाले खासगरि पञ्च वाजाहरु वजाउने गरिदैन् । वाजा फुकाउनको लागि जेठ १ गतेको दिन गाँउका युवायुवतीहरुले पञ्च भलादमीहरुको साथमा वाजा फुकाउछन् । त्यसपछि वुकीतिर फुल टिप्न जान चुरी डुँग्रा छोएर वाचा कबोल गर्ने गर्दछन् । विधिवत रुपमा वाजा फुकाएको उतm दिन देखि प्रत्येक साँझ हरेकगाँउका चोक चौतारामा सबै युवायुवतीहरु भेला भई जेठ मसान्त सम्म नाच्ने चलन रहेको छ । युवायुवतीले चुरी डुँग्रा छोएर फुल तिप्न गएन भने दोकेवाज ठहरिनुका साथै उसलाई वाचा गरेको सराप लाग्छ भन्ने जन विश्वास छ ।
यो वर्षको बिदाई र नयां वर्षको आगमनको खुसियालीमा खामभाषी बस्तीमा यो दिन देखी असारको पहिलो हप्ता सम्म हर्ष उल्लासका साथ नाचेर मनाउने गर्दछन् । असार १ मा भुमिपुजा गरे लगतै अघिल्लो वर्षको कार्य समितीलाई बिदाई गर्दै नया कार्य समिती चयन गरेर वर्ष भरिको बिधी विदान तयार पारेर जिम्मेवारी दिने गरिन्छ् । र करिब एक हप्ता सम्म मनाएर अन्तिम दिन बिधीवत रुपले औपचारिक रुपमा सगुन स्वरुप बोजोको पात एक आपसमा लगाई दिएर बिदाई गर्ने गरिन्छ ।
Comments
Post a Comment