पुथाउत्तरगंगामा तिन घर्तीहरु भिड्डै




मैत्या घर्ती मगर
  देश संघियतामा प्रवेससँगै रुकुम जिल्ला दुई भागमा बिभाजित भयो पुर्वी र पश्चिम रुकुममा । एकातिर खुसियालीको दियो बाल्दै गर्दा अर्को तिर अखण्ड रुकुमको आन्दोलनले रुकुमेली जन्तालाई सडकमा र्ओलायो । सरकारले गरेको निर्णयमा रुकुमेली जन्ताको हर्ष र बिष्मात बराबर पाईयो भने निश्चित सिमाङ्क नभएर अन्योलता छाइ रहयो । अन्ट्ट प्रचण्ड सरकारले आधीकारीक रुपमै रुकुमकोत देखि माथीका खामभाषी इलाकालाई ५ न. प्रदेशमा राख्ने निर्णय गरेर रुकुमेली जन्ताहरुको अन्योलतालाई हताई दियो । साथै रुकुममा स्थानीय निर्वाचन दुई चरनमा हुँदा ६ न.प्रदेशको बैशाख ३१ गते सम्पन्न भयो भने ५ न.प्रदेशमा आउँदो जेष्ठ ३१ मा निर्वाचन हुँदैछ । राजनितीक दलहरुले आ–आफ्नो विश्वासिलो र ससकत्त जुझारु तथा सहि निर्णय गरेर समाजलाई सहि दिशामा पहिल्याउन सक्षम ब्याक्तिहरुलाई चुनावी मैदानमा उतारदै छन् । ५ न.प्रदेशको पुथाउत्तरगंगा गाउँपालीकामा पनि तिन ठुला राजनितिक दलले गाँउपालीका प्रमुख पदमा आफ्ना उमेरद्धवारको नाम सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस बाट प्रमुखमा काजीमान घर्ती मगर उप प्रमुखमा रुबीना घर्ती मगर नेकपा एमाले बाट प्रमुखमा भिउमान घर्ती मगर उप प्रमुखमा सिता घताने माओवादी केन्द्र बाट प्रमुखमा ओमप्रकाश घर्ती मगर उप प्रमुखमा ओमकुमारी शाही मल्ल चुनावी लडाईमा भिड्दै छन् ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र