पुथाउत्तरगंगा १० र ११ मा निर्विरोध
मैत्या घर्ती मगर
आगामी जेष्ठ ३१ मा हुन गईरहेको स्थानीय निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिका १० र ११ मा निर्विरोध निर्वाचित गरिएको छ । वडा नम्बर १० मा ज्योती प्रकाश गुरुङ्ग र वडा नम्बर ११ मा विश्व बुदा मगर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । साविकको तकसेरा गाविसका स्थानीय,बुद्धिजिवी र राजनितीक दलको आपसी सहमतिमा निर्वाचित घोषणा गरिएको छ । तकसेराको हितमा काम गर्न सक्ने देखेर दुई जनालाई छानिएको र समाजमा धेरै योगदान गरेको हुनाले अगाडी सारीएको कुरा राजनितिक दलका अुवाहरुले बताएका छन् ।
Comments
Post a Comment