अब पूर्वी रुकुम नयाँ जिल्ला बन्ने




   
   

प्रदेश नम्बर ५ मा परेको पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन जनप्रतिनिधिहरुले पहल थालेका छन् । पूर्वी रुकुमलाई नयाँ जिल्ला नबनाउँदा जिल्ला समन्वय समिति गठन गर्न समस्या हुने भन्दै उनीहरुले जिल्ला समन्वय समिति गठन हुनुअघि नै पूर्वी रुकुमलाई नयाँ जिल्लाको मान्यता दिन सरकार र सबै दलका शीर्ष नेताहरुलाई आग्रह गर्ने पहल थालेका छन् । संविधानले पश्चिम रुकुमलाई प्रदेश नम्बर ६ र पूर्वी रुकुमलाई प्रदेश नम्बर ५ मा राखेको छ । निर्वाचन आयोगले पनि सोहीअनुसार पश्चिम रुकुमका ६ स्थानीय तहमा बैशाख ३१ गते र पूर्वी रुकुमका तीन स्थानीय तहमा जेठ १४ गते निर्वाचन गराएको थियो । संविधानले प्रष्टरुपमा एउटै जिल्लालाई दुई प्रदेशमा राखे पनि नयाँ जिल्लाबारे अन्योल रहेको भन्दै भर्खरै निर्वाचित जनप्रतिनिधिहरुले राजधानीमा पुगेर नयाँ जिल्लाका लागि पहल थालेका छन् । उनीहरुले केन्द्रमा प्रतिनिधित्व गर्ने जिल्लाका नेताहरुसँग छलफल गरेका छन् । ‘जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु राजधानीमा पुगेर छलफल थाल्नुभएको छ’– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज तेजबहादुर ओली ‘प्रतिक’ले भन्नुभयो– ‘अब चरणबद्धरुपमा सरकार र शीर्ष नेताहरुसँग नयाँ जिल्लाको बिषयमा छलफmल गर्ने कुरा भएको छ ।’ राजधानी पुगेका पूर्वी रुकुमका जनप्रतिनिधिले सामेवार स्थानीय तह सञ्चालनसम्बन्धी अर्थविद्हरुसँग छलफल गर्दैछन् । यो कार्यक्रम सकिएपछि नयाँ जिल्लाका लागि अभियान अघि बढ्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो । राजधानी पुगेका जनप्रतिनिधिहरुले आइतवार गृहमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री गणेशमान पुन, माओवादी केन्द्रका सचिवालय सदस्य पूर्ण घर्ती, नेता कमला रोका, तेजबहादुर ओलीलगायतसँग छलफल गरेका छन् । सिमांकनका क्रममा फरक फरक प्रदेशमा परेका दुई जिल्लामध्ये नवलपरासीको नवलपुर क्षेत्रले यसअघि फरक जिल्लाको माग गरेको थियो भने पूर्वी रुकुमले पनि औपचारिकरुपमा नयाँ जिल्ला निर्माणको पहल थालेको छ । उनीहरुका मागअनुसार नयाँ जिल्ला भएमा मुलुकमा ७७ वटा जिल्ला हुनेछन् । पश्चिमभन्दा भूगोलमा ठूलो छ पूर्वी रुकुम
पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन भूगोल र जनसंख्या दुबै हिसाबले पुग्ने पूर्वी रुकुमका स्थानीयवासीसमेत रहेका माओवादी केन्द्रका इञ्चार्ज ओलीले बताउनुभयो । ‘अहिलेसम्म घोषणा नगरिएको मात्र हो, त्यसै पनि पूर्वी रुकुम हिमाली क्षेत्र हो’– उहाँले भन्नुभयो– ‘यसलाई हिमाली क्षेत्र घोषणा गर्नेबित्तिकै पूर्वी रुकुम मनाङ मुस्ताङभन्दा ठूलो जिल्ला हुने छ ।
रुकुमको नामाकरण गरिएको रुकुमकोट, कमल दह, जिल्लाको पहिचान बनेको सिस्ने हिमाल, डोरपाटन शिकार आरक्ष आदि प्रदेश नम्बर ५ अन्तर्गत पूर्वी रुकुममै पर्दछन् । ५ नम्बर प्र देशमा राखिएकाले राखिएकाले पूर्वी नयाँ जिल्ला नबने रोल्पामा मिसिनुपर्ने बाध्यता छ । त्यसो गर्दा मनोवैज्ञानिक र सामाजिकरुपमा पनि राम्रो नहुने भन्दै पूर्वी रुकुमका जनप्रतिनिधिले नयाँ जिल्लाका लागि पहल थालेको भूमे गाउँपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो । सिस्ने अनलाईन बाट साभार गरिएको

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र