लुगुम गाँउमा झाँक्री राम ।
मैत्या घर्तीमगर
प्राचिन काल देखी नै मगरहरुले मmाँक्रीवाद र प्रकृति पुजामा आस्था राख्दै आएका थिए । अहिले सम्म पनि प्रकृति पूजामा विश्वास राख्छन् । कालान्तरमा अन्य धर्म संस्कृतिको प्रभाबमा परेर बिस्तारै प्रकृति पुजकबाट कोहि हिन्दु कोहि बुद्धिस्ट कोहि इसाइ बनेका छन् । मगरहरुको बाहुल्य रहेका अधिकांश क्षेत्रहरुबाट आफनो प्राचिन धर्म संस्कृति संस्कारहरु लोप भई सकेको छ । रुकुम,रोल्पाको सिमित क्षेत्रमा मात्र अलिकति आफनो प्राचिन धर्म संस्कृति संस्कार अझै सम्म जीवित राखेर प्रकृतिलाई पुजेर जिएका छन् । यसको एउटा जीवित प्रमाण हो प्रत्येक वर्ष श्रावण महिनाको पहिलो हप्ता मंगलबारको दिन गाउँको कालकष्त रोगब्याथा बात बच्न राक्सो (मृतआत्मा) धपाएर पुजा गर्ने प्रचलित झाँक्री राम ।
आ आफनो थरबात अनिबार्य रुपमा एक एक जना झाँक्री गुरघर (निश्चित ठाउँ) मा जम्मा गराएर शास्त्रीय विधी पु¥याएर नाच्ने गर्दछन् । गुरुबाले विधीवत रुपमा कथा सुनाउछ भने अरु शिष्याहरुले लय मिलाएर गाउँछन् ।
लुगुम गाउँको पुर्व तिर रहेको पानीको मुहान छेउको खुल्ला ठाउँमा मन्त्र झप्दै दिनभर ९ पटक नाचे पछि राक्सो (मृतआत्मा) धपाउन झाँक्रीहरु पानीको मुहान तिर डौडिन्छन् ।
प्रत्येक झाँक्रीको एकजना भान्जा हुन्छ भान्जाले दिनभर झाँक्रीको सामान जतन साथ राखिदिन्छ । युवाहरु काँडमा सिस्नु बोकेर झाँक्रीको बिच बिचमा घुसेर नाच्दै जात्रा हेर्नेहरु लाई सिस्नुले हान्छन् आजको दिनमा सिस्नुले हान्दा झगडा र गाली गलौज गर्न पाईदैन् ।
यसरि सिस्नुले हान्दा राक्सो तर्र्र्र्सेर जाने झनविश्वास रहेको छ । शास्त्रीय विधी पुरा भए पछि पानीको मुहानमा नाच्दै नाच्दै गएर मुख्य झाँक्रीले राक्सो निकाले पछि सबै जना होहल्ला गरेर डौडिन्छन् ।
मुल झाँक्रीले राक्सो गाउँ छेउ तिर लग्दै गर्दा अरु झाँक्रीहरु आ आफनो थरको घरमा गएर सबै परिवारलाई काम्दै जिउ माथी राखेर हल्ली दिन्छ । यसो गर्दा राक्सो डराएर भाग्ने गरेको कुरा बुदापाकाहरु बताउँछन् ।
सबै जनाको पालो पुगे पछि झाँक्री कुडेर दोबातोमा पुगेर हातमा रहेको विर (लठ्ठी) गाड्ेर भालेको वलि दिन्छ । सबै गाउँलेहरु नास्ता एक एक बोतल रक्सी बोकेर दोबातोमा पु¥याईदिन्छन् । राक्सो लखेतने काम सम्पन्न भएपछि खुशियाली साथ घुरघर तिर फर्किन्छन् ।
घुरघरमा नुन बिना पकाएको रायोको साग खाए पछि आ आफनो घरमा गएर एउता एउता भाले कातेर खानपिन गर्छन् । भोली पल्त युवायुवतीहरु लुतो फाल्न दिनभर हिलो खेलेर रमाईलो गर्छन् । अघिल्लो दिनको झाँक्रीको भान्जाहरु झाँक्रीको पोसाक लगाएर दिनभर साली साईनो पर्नेहरुलाई जिउ माथी राखेर हल्लायर रमाईलो साथ होहल्ला गर्छन् ।
Comments
Post a Comment