ऊनको वर दिने जिमा बराहा
मैत्या घर्तीमगर
आदीम काल देखीको परिचित आदीभुुमी तकसेराको तक गाँउमा हरेक परिवार एकआपसमा मिलेर बस्दै आएका छन् । प्रकृती पुजामा बिस्वास गरेर प्रकृतीलाई पुजेर मात्र आफनो भलो चिताउने गर्दछन् । आफना पुर्खाले प्रकृतीमा वर पाएको ठाउँ हो जिमा । तकसेरा गाउँबाट पुर्वमा दिशामा करिब ४ हजार मितर उचाइमा अबस्थित प्रख्यात जिमाथान । हरेक वर्ष जनै पुर्णिमाको दिन ठुलो पुजापाठ र मेला लाग्ने गर्दछ । थानमा ७० देखि ८० वता सम्म भेडा पाठोको बली चडाउने गरिन्छ ।
बुदापाकाहरुको भनाई अनुसार कान्छी प¥यालको एकभाई साहुु प¥यालको नाममा परिचित छन् । त्यही साहुुप¥यालको छोराहरु दुुई भाई आदीवासीहरुको पुुख्र्याैली पेशा भेडी गोठ खुुरसँुु खर्कमा बस्दै आएका थिए । सदाझैँ खाना खाएर गाउला (गोठालो) गईरहन्थे खुुरसुुँमा खर्क जिमा तिर चरण थियो । एक दिनको घटना हो । जिमाको पाखा पखेरामा भेडाहरु चर्दै थिए । जेठो दाईले भेडाको ऊन भुुईमा उम्रिएको देख्यो । लोभले भएबरको बल निकालेर ऊन उखेलन् खोज्यो जती तान्दा पनी उखेलन सकेन तान्दा तान्दै एकछेउमा अलिकति रगत देखियो दुुर्भाग्या उसको गाँडो गयो । केहि सिप नलागे पछि गोठतिर फक्र्याे झम्मक साँझ गोठमा आउदा भाईले किन यति अबेला दाई भनेर सोध्यो ।
दिउँसो मैले जिमामा ऊन देखेको थिए उखेल्न नसकेर मेरो गाँडो गयो भनेर भाईलाई घतनाको बेलिबिस्तार लगायो । दुुईभाईले खाना खाएर सुते भाईको सपनामा हामीले कान्छालाई दिएको तर जेठोले मुर्ख बलमा जबरजस्ती तान्यो उसको गाँडो गयो । कान्छाले हाँसे वा गोरे पाठो लगेर पुुजा गरिसके पछि पाठोको लादी (दिसा) पुुर्वदिशा तिर उल्ताएर (फालेर¬) पाठोलाई जावी (जैँ) मा बोकेर ऊन छाम्नुु त्यो ऊन हामीले तिमीलाई दिएका हौँ भनेर एक बुुदो मान्छेले सपनामा बतायो ।
कान्छा भाईले सोही बमोजिम पाठा लगेर पुुजा गरि ऊन उखेले पछि गोठ तिर नगएर घरतिर फर्कयो । साँझ खुसीसाथ ऊन लुुकाएर खाना खाएर निदायो राती सपनीमा अबदेखी पुुजा गर्न जाँदा तिमीले ऊन पाएको ठाँउ बात माथी तिर एउटा ओदार छ त्यहाँ नुुन नखाएर खाजा मात्र खाएर बिहानीको झिसमिसेमा पुुजा पाठ गर्नुु भनेर सिकाए । अर्को वर्ष त्यही समयमा उसको भाईबन्दुुहरु सँग पुुजा गर्न जाँदा त्यो ओदारमा जति जना मानीस पुुजा गर्न गएका छन् । त्यतीनै काँसा (चरेसको) थाल र बुुतका (कचौरा) पानी भर्ने भाँडा त्यहाँ राखीएको थियो ।
बिहान पुुजा गरि नास्ता पानी गरेर भाँडाकुुँडाहरु सफा सुग्घर गरेर पहिलेकै ठाँउमा राखेर उनिहरु फर्कन्थे । प्रत्येक वर्ष पुुजा गर्ने क््रmम जारी नै थियो । कुुनै एक वर्ष पुुजा गर्न यूवा यूवाहरु मात्र गएछन् । राती उनीहरु विच एक आपसमा लसक्या गित गाउँदै थिए गाउँदा गाउँदै अचानकै ओदारको दुङ्गा मुनिवात मिठो स्वरमा महिलाले तिन तुक्का गित गाएर सुनाएको कुरा बयोबृद्धाहरुले बताउँछन् ।
राती गित गाएर बिहानी पख पुजा गरेर सबैजना घर तिर फर्के जिमामा पुजा गर्न मान्छेको चाप बिस्तारै बददै गयो मनोकामनाहरु पुरा हुने भएकोले जनविश्वास बदेर प्रसिद्धी कमाएको छ । एक पटकको घटना हो एक घरमा तुहुरो दिदीभाई मात्र थियो रे दिदिले भाईलाई पुजा सामग्री तयार पारेर जिमामा पुजा गर्न पथायो । तुहुरो केतो एकलै गएर ओदारमा वास बसेर बिहानै पुजा सकेर घर फक्र्यो घर आउँदा उसको दिदिले भाई राती सपनीमा के देख्यो भनेर सोद्यदा अरुत केही पनि भनेन्न दिदि माईतीको चिनो काँसा (चरेसको) थाल र कचौरा जाबीमा राखिदिएका छौँ तिम्रो दिदिको बिहे हँुदा दिनु भनेका छन् ।
अहिले मगर समाजमा चेलीको बिहे हँुदा काँसा (चरेसको) थाल र कचौरा (ताथी खुरि)अनिबार्य दिनुपर्छ । पहिले पहिले जिमामा पुजा गर्न झुठो हुन्छ भनेर महिलाहरु जाँदैनथे । सबै पुरुषको मात्र पुजा गर्ने ठाँउमा भेला हुन्थ्यो । जहिले पनि पुजा गर्न जानेहरुको लागी भाँडाकुँडा ओदारमा तयार हुन्थ्यो प्रयोग गरि सफा गरेर त्यहि ठाँउमा राखेर फर्किने गर्दथे कुनै एक साल आँखा लोभी मनमा पाप बोकेर एक ब्यति पुजा गर्न पुगेछ पुजा गरेर फर्किने बेला एउता कचौरा (खुरी) चोरेर जिमा बात जाबी बोकेर फर्किदा पिथ्याँ भन्ने ठाँउमा आईपुग्दा असिना पानीले चुतेर मरेछ ।
पहिले पहिले जिमाको बराहा देवतालाई साउन महिनामा वलि दिईन्थ्यो समय विकास क््रmमसँगै अहिले आएर जनै पुर्णिमाको अघिल्लो दिन जिमा थानमा वास वस्न गएर पुर्णिमाको बिहानै सफासुग्घर भएर थानमा पुगेर वली चदाउछन् ।
थानमा चदाएको फलफुलको वर पुजारीले बाँद्धद्छ । लाईन बद्धरुपमा बसेर पालैपालो पुजारी कहाँ पुगेर अन्न,धनसम्पती,छोराछोरीको उज्वल भबिष्य र आ आफनो द्धिर्घायूको भाकल गर्दै वर माागेर ल्याउछन् । पुजारीले वर बाँडि सके पछि पुजारी खलकको जेष्ठ वृद्धाले सबै आगन्तुकहरु लाई फुलपाती शिरमा सिउरी दिन्छ आगन्तुकले स्वइच्छाले पैसा दान गर्छन् । दानद्धारा आएको पैसा जिमा थान ब्यबस्थापन समितीको कोषमा जम्मा हुने गरेको समितीका कोषाध्यक्ष रामजित बुदामगरले बताउनु भयो । अहिले सम्म कोषमा करिब छ लाख पैसा संकलन भएको कुरा पनि जानकारी दिनु भयो ।
वर्षै पिच्छे भत्तजनहरुको भिडबाड थपिएकै थपिनाले प्राकृतीक सुन्दरताले भरिपुर्ण पबित्र स्थल जिमामा चर्पी नहुँदा फोहोरमैला ब्याबस्थापनमा समस्या हुने गरेको र पिउने पानीको स्रोत अभाबले बसाइमा कठिनाइ भएको कुरा पनि बताउनु भयो ।

Comments
Post a Comment