राँखेमा छोपस्या


 

 
पुर्वी रुकुम खामभाषी इलाकामा आफुले माना छरेर मुरी फल्न लगाएको अन्न तथा फलफुल साउने सङरातमा थानमा चडाएर पुजा नगर्दा सम्म औलो (घाम) लाग्छ भनेर खाँदैन्न् । १ गतेको दिन अनाज र फलफुल जम्मा गरेर ल्याउँछन् । साँझपख आ आफनो घरको ठाला (छट) मा थान बनाएर फलफुल चडाएर राँको बालेर पुजापाठ गरेपछि घर परिवार एकै ठाँउमा भेला भएर परिवारको मुलीले अनाज सबै सदस्यलाई चखाउँछ ।

 घरको एक सदस्यले कालोमास, लुतो, प्राकृतीक विप्ती, महामारी, भोकमरी जस्ता अनिस्त हाम्रोमा नपसोस  सुबिकाल र सुखशान्ती मात्र हाम्रो घरमा छाओस भन्ने कामना गर्दै चार वटा अगुल्तो त्ताङ मुनी तिन पटक उल्तो सुल्तो नाघेर चारै दिशा तिर फाल्छ । इस्तकुतुम्भ भेट भएर नया अन्न र फलफुल चाख्दै भोजभटेर तथा नाचगान गरेर मध्यरात सम्म रमाईलो गर्ने गर्छन् ।


२ गते बिहानको खाना खाएर हर्ष उल्लासका साथ एकले अर्कालाई शिरमा हिलो लगाईदिएर छोपस्या सुरुवात गरि साईनो पर्ने युवायुवती विच दिनभर हिलो खेल्ने गर्छन् । हिलोमा रमेर कालोमासको लुतोमैलो लाई शरिर बाट पखाली नुवाई धुवाई गरेर युवतीहरुले मार (सुङ्गुर), दाउरा र खानेकुराको जोहो गरि भेना (युवा) हरुलाई मुख्य घरमा जम्मा गर्छन् । सुरुवातमा ओछ्यानमा बसाएर सगुन स्वरुप रक्सी गहुँ र मकै भुतेको खाजा दिएर स्वागत गर्छन् । छोपज्यास (मकै र गहुँ २ पाथी र एक हजार दाम) अघिल्लो राँखे देखि यो राँखे सम्ममा यूवतीहरुको विहे गरेका दाजुभाईको घरबाट दिने गर्छन् ।


भेना समुहको सबभन्दा बृद्धाले मार हान्छ भान्सामा खाना पाक्दै गर्दा कला हुनेहरु नाचगान गरेर रमाईलो गर्छन् । मन मिल्ने साली भेनाले यहि मौकामा लगन गाँठो कस्छन् । खानपिन गरे पछि रातभर नाचगान मा रमेर बिहानीपख पुःन अर्को साल यस्तै रमाईलो गर्ने बाचा सहित छुतिन्छन् ।




Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र