वाला जात्रा




 
   

मैत्या घर्ती मगर
     राँके सेरावाला मेला जाऔँ । भाषा,कला,संस्कृर्ती र इतिहास वचाऔँ ।। ऐतिहाँसिक २२ औँ वार्षिक उत्सव मनाऔँ ।।। राष्ट्रको प्रतिष्ठा उठाऔँ ।।।। भन्ने मुल नाराका साथ पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालीकाको वडा न.११ मा पर्ने उपल्लोसेरामा लाग्ने प्रख्यात जात्रा श्री हिमालय श्रृखला चौँरी यूवा कल्वद्धारा आयोजित वालुवा मेला सदाझैँ यो वर्ष पनि धुमधामले कल्वको २२ औँ वार्षिक उत्सव एच.एस.सी.कप २०७४ श्रावण २ गते बिहान १० बजे विविध सांस्कृतिक झाँकीका साथ उत्तरगंगा निमाविको प्रांगणमा  जिल्ला खेलकुद विकास संघका अध्यक्ष हेमराज पुनद्धारा खेल मैदान भित्रका खेलादीलाई बल सर्भिस गरेर  उत्घातन भएको थियो ।


   २०५२ सालमा जिप्रकामा विधीवत रुपमा दर्ता गरिएको हिमालय श्रृंखला चौँरी युवा कल्वले पर्दा पछाडी लुकेर रहेका प्रतिभाहरु प्रर्दशन गर्ने अवसर जुराई दिएको छ । खुल्ला महिला तथा पुरुष रनिङ्ग शिल्द तथा दोहोरी गित प्रतियोगिताले रोचक हुनेछ । पुरुष भलिबलमा पुरस्कार क्रमश ६०,३०,२० हजार सान्तवनालाई ३ हजार तथा महिला भलिबलमा पुरस्कार क्रमश ३०,२५,१५ हजार सान्तवनालाई २५ सय रुपैँया शिल्द मेडल प्रमाण पत्र ब्याबस्था गरिएको कल्वका सचिव सुशाङ बुदामगरले जानकारी दिनु भयो ।

कल्वले गित संगितका पारखीहरुलाई दोहोरी गित प्रतियोगिता पनि गर्दैछ राम्रो लोकदोहोरी गाएर पहिलो हुनेलाई १५ हजार दोस्रो हुने लाई १० हजार र तेस्रो हुने समुहलाई ५ हजार पुरस्कारको ब्याबस्था भएको कुरा पनि बताउनु भयो । मेला अवधीभर जुवातास र मध्यपान गरेर धनजनको क्षती हुन नदिन स्थानीय प्रशासन र पुथा उत्तरगंगा गाउँपालीका १० र ११ का युवा समुहलाई सुरक्षाको जिम्मा दिइएको छ । मेला १ हप्ता सम्म चल्नेछ । कल्वको छ लाख सम्म भार थपिने कुरा खेल संयोजक दिलकर्ण बुदामगर (दिले) ले बताउनु भयो । खेल लिग आउतमा खेलाइने छ ।


Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र