सम्झनाको चिनो
मैत्या घर्तीमगर
मगरहरुको महान चाड उँदेलीलाई बिदाई उभेलीलाई स्वागत गर्दै नयाँ वर्षको रुपमा भुमिपुजा गरेर शुभकामना आदान प्रदान गर्छन् । वर्ष भरि आ आफनो काममा लाग्छन् भुमिपुजाको दिन गोठालो,खनेल,मुग्लानी सबै बेला भएर पर्व मनाउछन् । भुमिपुजामा वार्षीक दुखसुख मेटाउनलाई जेष्ठ महिनाको अन्तिम ३ दिन अघि बुकी तिर गएर रङ्गीचङ्गी फुल टिपेर असार १ गते गाँउमा ल्याएर सबै ईष्त कुतुम्भ लाई शिरमा लगाईदिएर खुसियाली सातासात गर्छन् । भुमिपुजाको अवसरमा ५ दिन सम्म गाँउको चोक,चौतारी,खुल्ला ठाँउमा नाचेर रमाईलो गर्छन् ।
भुमिपुजाको विधीवत रुपमा विदाई गरे पछि फुल टिप्न गएको समुहले सम्झना स्वरुप एउटा चिनो निर्माण गर्ने गर्छन् । २०७४ सालको सम्झनाको लागी फुल टिप्न गएका समुहकै गायीका मयन बुदामगरको आर्थीक सहयोग समुह तथा आफन्तको श्रमदान द्धारा चेल्बाँको भुमिनाच नाच्ने सानो चौरमा रहेको पुरानो चौतारीमा सिमेन्तको दिपीसी गरेर पक्की बनाउनु भएको छ । ५० हजार लागतमा चौतारी निर्माण सम्पन्न गरिएको बुदामगरले बताउनु भयो । चौतारी सम्पन्न भए पछि भेडा साँडेको वली दिएर नाचगान गरेर रमाईलो गरे । यसपाली बयोबृद्धा मोहनसरी बुदामगरको अगुवाईमा बुदाबुदी,युवायुवती ४७ जनाको समुहले फुल टिप्न गएका थिए ।
An impressive share! I have just forwarded this onto a coworker who was conducting a little homework on this. And he in fact ordered me lunch because I found it for him... lol. So let me reword this.... Thank YOU for the meal!! But yeah, thanks for spending time to talk about this topic here on your web page. hotmail email sign in
ReplyDelete