सुँगुर खसी
पुर्वी रुकुममा एक जातको च्वांचे सुंगुर पाईन्छ । अरु जातको बंगुर बन्दा यो सानो हुन्छ । मगर समाजमा विशेष भोजभतेर, सांस्कृतीक उत्सब, पारीवारीक झमगतमा च्वांचे कातेर खुवाउने चलन रहेको छ । अरु सुंगुर बंगुरको मासु भन्दा मिठो र स्वादीलो हुन्छ । बच्चा व्यायको दुई महिनामा आमाको दुधबात छुताएर राखीन्छ । भाले च्वांचेलाई तिन चार महिना पुगे पछि खसि पारिन्छ । खसि बनाएको च्वांचेको मासु राम्रो र मिठो हुन्छ । खसि बनाएर गेडालाई आगोको धुँवाले भेत्ने गरि जुन्डाएर राख्ने गरिन्छ । गेडा जति छितो सुक्छ तेतीनै चाँडै घाउ सुक्छ भन्ने बुदा पाकाहरुको भनाई छ ।
Comments
Post a Comment