पेवा (दान)
रुकुम रोल्पामा खामभासी मगरहरुको संस्कार बेग्लै किसिमको छ । यहा छोरी चेलीले बिहे गरेर पहिलो बच्चा जन्मे पछि सुभ साइत जुरायर बिसेस दिनमा मात्र चल सम्पति पेवा (दाइजो) दिने चलन छ । बिहे नगर्दै छोरी चेलीले आफै जम्मा गरेको र माइतीले दियको यो अबसरमा आफ्नो गर लैजाने चलन रहेको छ । अगि अगि झहान परिवार र पछि पछि लावा लस्कर बोकेर जान्छन । घरमा पुगे पछि एउटा पाठो काटेर भात खुवायर बिधाबारी गर्दछन । यो अबसरमा बान्जाहरुले खुब रमाइलो गर्ने गर्छन ।




Comments
Post a Comment