झाँक्री डाक्तर लाहुरे बा






तकसेरा लगायत रुकुम रोल्पाका खामभाषी समुदाय घरेलुउपचारको लागी जडिबुदिमा विश्वास गर्ने समाज हो । अझै सम्म पनि शुरुमा झाँक्री कहाँ गएर नभएपछि मात्र डाक्तरकोमा जाने गर्छन् । यहि समाजमा रोगलाई डाक्तर डोगलाई जारफुक र जराबुती द्धारा उपचार गर्नु पर्छ भनेर चेतनाको शुरुवात गरे सुनबहादुर बुदामगरले ।१३ वर्षको उमेरमा झाँक्री भए कलिलो उमेरमा मलाई केहि थाहा थिएन रात दिन बिरामी भएर काँप्दा गुरु ल्याएर जाँच (खाम बात चल्ने) म मा मरेको झाँक्रीको आत्मा साँचै चदेछ काँप्ने आगोसँग खेल्ने बिगतको कुरा बोलेछु त्यस पछि गुरले मलाई नया झाँक्री बनाउने निदो भएछ । रातदिन घरको मान्छे मेरो कुरुवा बसथ्यो खान नरुच्ने हिड्न नसकिने राती सपनामा अनौठो चिजहरु देखिने कहिले डर लाग्थ्यो कहिले रमाईलो लाग्थ्यो । बल्ल मंसिरे पुर्णिमाको दिन विधिपुर्वक भेडाको बलिदिएर नया झाँक्री बनाए पछि मात्र शान्ती पाएँ ।पुथा उत्तरगंगा गाउँपालीका १० न.वडामा बि.स.२००० सालमा जन्मनु भएका सुनबहादुर बुदा मगर (सर्वजित) ले बिगतको कुरा सुनाउनु भयो ।
      तकसेराको पहिलो डाक्टर काम गर्ने सर्बजित बुढामगर र अहिलेको एमदि पास डाक्टर अनिल बुढामगर ।


 अहिले दमले सताएर थला पर्नु भएको डाक्तर बा २०२१ सालमा भारतीय सेनामा भर्ती हुनु भयो २०४० सालमा रितार्यड भएको १ हप्ता पछि पल्तनले लेसनायकको तालिम १ हप्ता सम्म गरायो भारी मनले त्यो तालीम सकेर घर फर्किए । त्यति खेर नेपालमा पञ्चायतकालको शासन काल भएकाले छोरिले अचल सम्प्ती नपाउने चल सम्प्ती मात्र पाउने ब्यावस्था थियोपहिलेका सन्तानहरु सबै छोरी भएरछोरा जन्माउने आशा लिएर घर फर्किए। नेपाल आएर आफनो परिवारको साथ सुखसंग बस्न थाले । पल्तनमा बस्दा सहकर्मीको उपचार गर्न उपचार पद्धती सिकेर भारतीय प्रमाणपत्र पाएका लाहुरे बा ले तकसेरामा सिकेको सिप आफनै गाउँलेहरुको सेवा गर्ने सोच बनाए तर तगारो भन्यो प्रमाणपत्र आफनो प्रमाणपत्र देखाएर काठमाडौको थापाथली अस्पतालमा ५७ दिन तालिम लिएर नेपाली प्रमाण प्राप्त गरेर तकसेरा पुगेर डाक्तर काम शुरुवात गरे । डाक्तर बाले ४,५ वर्ष सेवा गरे पछि मात्र तकसेरामा उपस्वास्थ्यचौकी स्थापना भयो । भर्ती हुँदा पल्तनमा नाम दर्ता गर्ने बेला मगरको छोरो हतपत सर्वजित बुदा मगर बन्दा कलरक गल्लाले सुनबहादुर बुदा मगर लेखिदिएछ पेन्सनको लागी दिन भरि तनतलापुर घाममा लाईनमा बसेर अन्तिममा पालो कुरि कुरि अफिसमा छिर्दा सर्वजितको सत्ता सुनबहादुर लेखेको थाहा पाए । दिनभरि बोलाउदा पनि नसुनेको झोकमा हाकिमले फौजी कारबाही लात्ती शुरु गरेर जिउमा निलदाम बसाएर अबदेखि सुनबहादुर बईस बनेर सम्झाएको स्मरण लाहुरे डाक्तर बा ले सुनाउनु भयो । डाक्तर बा को संयोग पनि कस्तो बने तकसेरामा पहिलो डाक्तर बा अहिलेको जिउदो झाँक्रीहरुमा सबभन्दा पुरानो गुरु समेत रहनु भएको छ ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र