रानीवनमा दाउरा खुल्यो






हिमाली जिल्ला रुकुम पुर्वको विशेषता बेग्लै पहिचान बोकेको छ । विविधतामा एकता भएर जिउने कला संस्कृतीको खानी प्रथा जनन्या कानुनी परिधिमा गोलबन्द हुँदै पुर्खाको असत्तित्व बचाउँदै सरकारी नितीनियम भन्दा सदिऔँ देखि आफनै विधीविधानको कानुनी परिधिमा रहेर कामगर्दछन् । गाउँको सरसफाई देखि वनको सुरक्षा र वनभित्रको काठ दाउरा घाँसपात उपभोग गर्दा प्रथा कानुन लागु हुन्छ । जो कोहिले पनि एक्लै उपभोग गर्न पाउँदैन यदि कोहि कसैले अत्तेरि गरेर पउभोग गरेमा दन्ढ जरिवाना गरिन्छ । पुथा उत्तरगंगा १० मा पर्ने साविकको तकसेराको तकगाँउले बिगत १५ वर्ष देखि रानीवनको रुपमा वस्तुभाउ छिर्न नदिएर रुख विरुवा जोगाएर राखेको छन् ।


 तकालेहरुले दाउराको लागी वर्षमा ४ दिन सम्म सुकेको दाउरा ल्याउन पाउने नियम बनाएका छन् । ४ दिन भित्र जस्ले जति दाउरा ल्याए पनि हुन्छ तर पाचौँ दिन देखि सिन्का पनि ल्याउन पाइँदैन् । यसपाली ४ दिन सम्म दाउरा ल्याएर आज देखि बन्द भयो । गाउँका अस्क्त वृद्धवृद्धा र बालबालिका बाहेक सबै गाउँलेहरु रानीवन भित्र छिरेर दाउरा लिए । जवान युवयुवतीहरु एकजनाले दिन भरिमा ४,५ भारी दाउरा सम्म बोकेका छन् । रानीवन छिर्न बिहान ७ बजे शुरु भएर साँझ अबेर सम्म जात्रा जस्तै चहलपहल भएको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र