रुकुम पूर्वमा कर्मचारीको प्रथम भेला सम्पन्न
प्रभाबकारी जनसेवा र पेशागत अधिकार सुनिश्चितताको लागी नेपाल राष्ट्रिय कर्मचारी संगठन शान्ती शुसासन आत्म निर्भरता र राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जिल्ला समिति रुकुम पुर्वको प्रथम भेला प्रस्तावित सदरमुकाम रुकुमकोतमा समापन भएको छ । रुकुम उधोग बाणिज्य संघको सभा हलमा भएको कार्यक्रममासहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण ब.पुन प्रमुख अतिथि रहनु भएको थियो ।
तेजबहादुर खत्रीको संयोजकत्वमा ४ जना सदस्य रहेको निर्वाचन मण्डलले नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति डायमण्ड पुनको अध्यक्षतामा ११ जनाको जिल्ला कार्य समिति गठन गरियो । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जिल्ला समितिमा चित्र विष्टको अध्यक्षतामा ११ जनाकोे जिल्ला कार्य समिति गठन गरियो । र नेपाल राष्ट्रिय कर्मचारी महासंघमा धन बहादुर केसिको संयोजकत्वमा पछि ४ जना थपने गरि १५ जना सदस्यी समिति गठन गरियो ।



Comments
Post a Comment