जुतीराम घर्तीको लागि सहयोग याचना !!!















२०६१ साल चैत्र १६ का दिनलाई मध्यनजर गरेर सल्यान र रोल्पाको सिमाना हुँदै डिभिजन कमाण्डर पासाङको कमाण्डमा यिनै जुतिराम घर्ती तत्कालीन बटालियन सह-कमाण्डर भएर खारा आक्रमणको लागि आउदै थिए । उता चाैरजहारी तर्फबाट डिभिजन कमाण्डर प्रभाकरको कमाण्डमा अर्को ग्रुप छापामार शैलीमा लड्न तयारी पोजिशनमा आयो । पासाङको नेतृत्वमा जुतिराम घर्तीहरू खाैलामा निस्किने बित्तिकै झुल्नेतामा तैनाथ भएका सेनाहरुले पहिलो फायर गरे । जुतिराम घर्तीको ग्रुपले सी आकारमा उक्त फायरको प्रतिबाद गर्दै सेना माथि जाइलागे र घेर्दै लगे । सेना भाग्दै खाराको ब्यारेकमा छिर्यो । सेनालाई लखेटेर ब्यारेकसम्म पुर्‍याउदासम्म रात परिसकेको थियो । पहिलो एसल्ट ग्रुपलाई जुतीराम घर्तीले काँडेतार पार गर्न पठाए । दोश्रो एसल्ट ग्रुपलाई काँडेतार घेर्न लगाए र तेस्रो एसल्ट ग्रुपलाई रोडको बाहिर पोजिशनमा बस्न लगाए । आफु सह-कमाण्डर भएको तर कमाण्डरसँगको सम्पर्क बिच्छेद भएकोले निर्देशन जिम्मेवारी आफुले सम्हालेका थिए । असिना जस्तै गोली बर्सिरहेको थियो । लडाई निकै घमासान हुँदै थियो ।दुबैतर्फबाट बम वर्षा उत्तिकै बेतोडले भयो । अचानक सेनाको टुइन्चटावर मोर्टार पड्केर जुतिराम घर्तीको छेउमै बिस्फोट भयो । यतिबेलासम्म उनी गम्भीर घाईते भएका थिए । उनले आलो घाउमा सम्हालिएर वरिपरि हेरे । छेउमै भर्खर त्यहि युद्धमा उनकै सुरक्षार्थ खतिएका गार्ड छतविक्षत भएर मारिएका थिए । उनलाई त्यतिमात्र थाहा छ । त्यसपछि अत्यधिक रक्तस्रावले कतिखर बेहोस भए थाहा पाएनन् ।
कहाँ कहाँ लुकि लुकि सहकर्मीहरु र स्वास्थ्यकर्मीहरुको निरन्तर प्रयासले १६ दिनमा बल्ल उनको होश आयो । तर बोली बन्द थियो । एक किसिमले अर्ध पागल । त्यहिँ देखि उनको जीवन असक्त र शारीरिक रुपमा अपाङ्ग भए । उनको बाहिरी घाउ मात्र सञ्चो भयो । पाखुराका दर्जनाैँ गोली झिकिए पनि बायाँ हातमा दुई वटा , दाड र पिठ्यूँमा ३१ वटा , कानको जरा हुँदै छिरेको मुखभित्र १ , दाहिने पट्टी टाउकोमा १ र बायाँ टाउकोमा २ वटा गोली निकाल्न नसकिएका र अझै नशा र मासुमा टाँसिएर रहेका छन् । जुन एकै चोटी अप्रसन गर्न नमिल्ने कुरा स्वास्थ्यकर्मीले भनेको उनी सुनाउँछन् । बेग्ला बेग्लै अप्रेसन गर्न आफ्नो हर्कतले नभ्याएको कुरा जुतीराम घर्तीले निकै मर्माहत हुँदै बताए ।
यतिखेर उनीसँगै लडेका पासाङ उपराष्ट्रपति भएका छन् । अर्का कमाण्डर प्रभाकर पटक पटक मन्त्री भएका छन् । तर त्यहि युद्धमा जीवनलाई साक्षी राखेर लडेर घाईते भएका यी इमान्दार जीउँदो सहिदको सर्वत्र बेवास्ता हुँदा उनको बोली अवरुद्ध हुन्छ । म कहाँ आउँदा उनी निकै भावुक भएका थिए । न्यायको कुनै बाटो खोज्दै थिए । कहिँबाट पनि उनको सहयोगको लागि कुनै प्रयास नगरिए पछि , अन्तत: उनी मसँग आफ्नो जीवन कहानी लेखाइ माग्न आएका छन् । म जिम्मेवारीले यतिखेर निकै थिचिएको छु । मैले उनलाई दिने भनेको नै शब्द हो । शब्दद्वारा नै म सक्दो उनको सहयोग गर्नेछु ।
अघिल्लो पटक मैले उनको बारेमा सञ्जालमा पोष्ट गरे पछि विभिन्न महानुभावहरुले सहयोग गर्ने कुरा टिप्पणीमा र म्यासेन्जरमा आए पछि , जुतिराम घर्ती निकैबेर भावुक भए । उनले सहयोगको अपेक्षा पनि गरिरहेका छन् ।
कोहि कतै मनकारी महानुभावहरु हुनु हुन्छ भने उनकै खाता नम्बरमा रकम जम्मा गर्न सहयोगको याचना गरिन्छ । हरेक मनकारीको एक एक सहयोगले उनको ठूलो राहत हुनेछ । विभिन्न सँघ संस्था र आम समुदायमा उनको लागि म यसै सञ्जालबाट सहयोग जुटाई आफु हुनुको दायित्व निर्वाह गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु । यसलाई सबैले सीयर गरि बढावा गरि दिनु होला । धन्यबाद !
नाम : JUTIRAM GHARTI
Account No. : 15701000971700000001
SWIFT : PRAVUNPKA
देशभित्रकाहरूले खाता नम्बरमा र देश बाहिरकाहरूले दुबै उल्लेख गर्नु
#सम्पर्कको लागि जुतिराम कै नम्बर 9748620274 मा सम्पर्क गर्नु होला ।
लेखक तथा पत्रकार कर्मसहि घर्तीमगरको अनुहार किताब 
भित्ता बाट  

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र