तकसेरा एम्बुस देखि खारा ब्यारेक हमला सम्म
संसार बदल्ने संकल्प बोकेर त्तकालीन नेकपा माओवादीले सर्वहारा वर्गको मुत्तिको निम्ती २०५२ साल फागुण १ गते यूद्धको शुरुवात ग¥यो । धेरै शहिद घाईते अपाङ्ग बेपता भए हजारौ नाबालकहरु तुहुरो भने धेरै चेलिबेतीहरुको सिंदुर पुछियो । देशमा लोकतन्त्र हुदै गणतन्त्र आएर देश संघिय संरचनामा जाँदै गर्दा । हजारौ घाइते अपाङ्गहरुको जिवन दयनिय अबस्थामा छ । त्यहि हुल भित्रका एक जिउँदा शहिद हुन जुत्तिराम घर्तीमगर । हिमाली जिल्ला रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालिका २ साविकको रन्मामैकोट गाविसको हार्दिबाङ्ग गाउँमा बि.स.२०२३ सालमा जन्मनु भएको हो । दुई भाई छोरा र दुई बहिनी छोरीका बुवा हुन जुत्तिराम । त्तकालीन नेकपा माओवादी पार्तीले २०५३ साल बैशाख १८ गते राती तकसेराको पुर्व प्रधान पञ्च घुम्लीबाङ्ग निवासी कामी बुदामगरको घरमा पार्टीको निती निर्देशन अनुरुप आगो लाग्यो । घरधनीले इलाका प्रहरी चौकीमा निवेदन दिए चौकीले तुरुन्तै हवल्दारको कमाण्डमा तिन जना टोली पथायो । चौकी बाट करिब ५,६ किलो मिटर दुरिको बिच बाटो उपल्लो सेराको छेरापाङ्गा बन्ने ठाउँमा जुत्तिरामको समुहले एम्बुस पड्कायो । हवल्दार र एकजना सिपाहीको घटना स्थलमै मृत्यु भयो । एकजना सिपाही उत्तरगंगा नदीमा हाम फालेर नदी पार गरेर चौकीमा फर्किए त्यस पछि गाविसका आम मानिस भेला भएर घटना स्थलमा गए ।

पुन ः २०५३ मै तकसेराको दिखिउँडाँडामा एम्बुस पड्कायो घटनामा खासै क्षति भएन । २०५४ सालको सुरुवाटमै कोलको क्यूबाङ्गमा एम्बुस राखेर जुत्तिरामको पल्तनले पहिलो आधुनिक हतियार हात पार्न सफल भयो । मोर्चा बन्दी लडाईमा अगाडी बड्दै गर्दा २०५५ सालको जेठ ३१ म अछामको बिनायकमा हमला गर्न पुगे । आधा पेटमा जन्ताको नजिक रहेर कैलालीमा २०५५ भदौ महिनामा १४ र १५ गते भिडन्ट गरेर विजय हासिल गरेका जुत्तिरामको पलाटुनले २०५६ बैशाखमा सल्यानमा एम्बुस राखेर अर्को घटना घटाए । २०५६ सालको जेठ ३१ गते राती जाजरकोटको लह इलाका प्रहरी चौकी कब्जा बनाए । आन्तरिक यूद्ध अभ्यासलाई तिब्र रुपमा अगाडी बदाउदै २०५६ साल अशोज ०५ गते रुकुमको महत स्ट्राईकिङ वेसक्याम्प माथी हमला गरे जुन घटनामा डिएसपि ठुले राई अपहरणमा परेका थिए र तिन महिना पछि मात्र उनलाई रिहा गरिएको थियो । सेनाको जिन्दगी घर परिवारसँग टादा रहेर पनि उत्पीदन जन्ताको मुत्तिको खातिर रहेर २०५६ साल कात्र्तिक १६ गते राती डोल्पाको नाम्दो प्रहरी चौकीमा हमला गरे । मध्यपश्च्मिका प्राय जिल्लाहरुमा घुम्दै ईलाका प्रहरी चौकीको नाप नक्सा कोर्दै आफनो पल्टनलाई तयार बनाएर २०५६ साल माघ २ गते सल्यान जिल्लाको कालीमाटी,रामपुर ईलाका प्रहरी चौकीमा हम्ला गरेर फाल्गुण ०६ गते रोल्पाको घर्तीगाउँ इलाका प्रहरी चौकी आक्रमण गर्दा प्रहरी निरिक्षक श्रीराम आचार्य सहित १५ जना प्रहरी मारिए बास्तबमा महत्त र घर्तीगाउँको घटना पछि नै रोल्पा रुकुमका ईलाका प्रहरी चौकीहरु सदरमुकाममा सार्न थालियो । आफना सेनालाई केहि समय बिश्राम गर्न लगाएर चैत्रको २२ गते राती तकसेरा ईलाका प्रहरी चौकी हमला गरेर सशस्त्र र प्रहरी गरि २१ जनाको ज्यान गयो भने माओवादी तर्फ २ जना पलाटुन कमाण्डर स्तरका योद्धाको सहादत भएको जुत्तिरामले बताउनु भयो । वसन्त श्रृmतुको आगमनसँगै देशमा पारिलो घाम लागीरहेको बेला लालसेनाले २०५७ साल जेठ २५ गते जाजरकोटको पाँचकटीयामा अर्को हमलामा जुत्यो ।
लामो समय लगाएर युद्ध सामाग्री र मानव शक्ति तयार बनाएर २०५७ सालको अशोज ०७ गते डोल्पाको सदरमुकाम दुनै माथी आक्रमन गरेर विजयको झन्डा फहराएको कुरा जुत्तिरामले स्मरण गरे । यसरी लडाईमा होमिएको आत्मकथा सुनाउदै कालीकोटको कोटबाडा इलाका प्रहरी चौकीमा २०५७ सालको मंसिर १४ गते राती चिसो सिरेतोमा हमला गरेर जितको खुसियालीमा मौसम नै न्यानो भएको बताउनु भयो । अहिलेको रुकुम पुर्बको प्रस्ताविट सदरमुकाम रुकुमकोटको ईलाका प्रहरी चौकीमा २०५७ चैत्र १९ गते हमला गरेर केहि समय सेनाको तालीमलाई निरन्तरता दिएर लामो विश्राम पछि २०५८ साल असार १२ गते दाङ्गको पञ्चकुले ईलाका प्रहरी चौकीमा होमिए । रोल्पाको होलेरी चौकीमा २०५८ साल असारमा दोस्रो पटक हमला भयो । अब आक्रमण हुँदा सेना परिचालन गर्ने कि नगर्ने विषयमा विवाद हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले राजीनामा दिनु परेका कारण होलेरी चर्चामा छ । यसरि लडाई लड्डै गर्दा २०५८ मा नै जुत्तिरामको फौजले पहिलो पटक घोराही सदरमुकाममा सेनाको ब्यारेक माथी हमला गरे । र अर्को संचारमा पनि अबरोध खदा गर्न २०५८ को माघ २२ मा रोल्पाको रातामाता रिपिटर टावर कब्जा गरेर सल्यानको सितलपाती ईलाका प्रहरी चौकीमा फाल्गुण ०६ गते हमलामा उत्रिय । समय तालीका अनुसार चैत्र २७ मा घोराहीको सटबरिया ईलाका प्रहरी चौकी कब्जा गरेर फर्किदै गर्दा रोल्पाको लिस्नेमा २०५९ बैशाख १९ गते ठुलो भिडन्त सामना गरेका थिए ।
लामो समय सम्म भुगोल र चौकीको जनशक्ति तथा चालचलन बुझेर भदौ महिनाको २३ गते राती अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा हमला गरेर फर्किदै गर्दा २४ गते प्यूठानको हंसपुरमा दोहोरो भिडन्त भयो । अलि लामो समयको अन्तराल पछि ०५९ कात्र्तिक २८ गते जुम्लाको सदरमुकाम कब्जामा सहभागी भएका जुत्तिराम एकै चोती २०६० सालको श्रावण महिनामा रोल्पाको कोर्चाबाँ हान्डिङ भिडन्तमा लडे । लगतै असोज २५ गते दाङको भालुबाङमा भिडन्तमा बहादुरीता देखाए । त्तकालीन नेकपा माओवादीले लडेका ठुलो लडाई मध्ये एक २०६०साल चैत्र ०७ मा म्याग्दीको सदरमुकाम बेनी आक्रमणमा ६ हजार लडाकुमा आफना समुहको सहभागिता जनाएका जुत्तिरामले २०६१ साल मंसिर र पुसमा अर्घाखाँचीको सिद्धधारा तथा मथुराडाँडामा एम्बुस पड्काउन सफल भएका थिए । यसरी जिवनकालमा साना ठुला धेरै लडाईमा जनमिलिसिया बात स्काउत हुदैँ बटालयिन सह कमाण्डर सम्म पुगेका जुत्तिराम अन्टिम लडाई सल्यान र रोल्पाको सिमानामा बात छिरेर रुकुमको खारा सैनिक ब्यारेकमा २०६१ साल चैत्र २५ गतेका दिन राती अहिलेका उपराष्ट्रपती त्तकालीन डिभिजन कमाण्डर नन्दकिशोर पुन पासाङको कमाण्डमा बटालियन सहकामण्डर जिम्मेवारी सम्हालेर आक्रमणमा उत्रियका थिए । अर्को समुह पश्चिम चौरजहारी बात डिभिजन कमाण्डर जर्नादन शर्मा प्रभाकरको कमाण्डमा छापामार शैलीमा लड्न तयारी भएर आयो ।
कमाण्डर पुनको नेतृत्वमा जुत्तिराम घर्तीहरु खौलामा निस्किने बित्तिकै झुलनेतामा तैनाथ त्तकालीन शाही सेनाले पहिलो फायर खोले घर्तीको समुहले सि आकारमा घेरेर फायरको प्रतिबाद गर्दै सेना माथी झाइलागे र घेरे पछि सेना भाग्दै ब्यारेकमा छिर्यो । शाही सेनासँग झुहारी खेल्दै ब्यारेक सम्म पुर्याउदा मध्यरात भैसकेको कुरा घर्तीले बताउनु भयो । घर्तीको कासनमा पहिलो एसल्ट समुहलाई काँडेतार पार गर्न पथाए । दोस्रो एसल्टले काँडेतार घेर्ने र तेस्रो एसल्ट समुह बातोमा तयारी अबस्थामा रहन अह्राए । कमाण्डर पासाङसँग सम्र्फक बिहिन भए पछि निर्देशन जिम्मेवारी सम्हालेका थिए ।असिना जस्तै गोली बर्सिरहेको थियो । लडाई निकै घमासान हुँदै थियो ।दुबैतर्फबाट बम वर्षा उत्तिकै बेतोडले भयो । अचानक सेनाको टुइन्चटावर मोर्टार पड्केर जुतिराम घर्तीको छेउमै बिस्फोट भयो । यतिबेलासम्म उनी गम्भीर घाईते भएका थिए । उनले आलो घाउमा सम्हालिएर वरिपरि हेरे । छेउमै भर्खर त्यहि युद्धमा उनकै सुरक्षार्थ खतिएका गार्ड छतविक्षत भएर मारिएका थिए । उनलाई त्यतिमात्र थाहा छ । त्यसपछि अत्यधिक रक्तस्रावले कतिखर बेहोस भए थाहा पाएनन् ।
कहाँ कहाँ लुकि लुकि सहकर्मीहरु र स्वास्थ्यकर्मीहरुको निरन्तर प्रयासले १६ दिनमा बल्ल उनको होश आयो । तर बोली बन्द थियो । एक किसिमले अर्ध पागल । त्यहिँ देखि उनको जीवन असक्त र शारीरिक रुपमा अपाङ्ग भए । उनको बाहिरी घाउ मात्र सञ्चो भयो । पाखुराका दर्जनाैँ गोली झिकिए पनि बायाँ हातमा दुई वटा , दाड र पिठ्यूँमा ३१ वटा , कानको जरा हुँदै छिरेको मुखभित्र १ , दाहिने पट्टी टाउकोमा १ र बायाँ टाउकोमा २ वटा गोली निकाल्न नसकिएका र अझै नशा र मासुमा टाँसिएर रहेका छन् । जुन एकै चोटी अप्रसन गर्न नमिल्ने कुरा स्वास्थ्यकर्मीले भनेको उनी सुनाउँछन् । बेग्ला बेग्लै अप्रेसन गर्न आफ्नो हर्कतले नभ्याएको कुरा जुतीराम घर्तीले निकै मर्माहत हुँदै बताए ।
यतिखेर उनीसँगै लडेका पासाङ उपराष्ट्रपति भएका छन् । अर्का कमाण्डर प्रभाकर पटक पटक मन्त्री भएका छन् । तर त्यहि युद्धमा जीवनलाई साक्षी राखेर लडेर घाईते भएका यी इमान्दार जीउँदो सहिदको सर्वत्र बेवास्ता हुँदा उनको बोली अवरुद्ध हुन्छ । म कहाँ आउँदा उनी निकै भावुक भएका थिए । न्यायको कुनै बाटो खोज्दै थिए । कहिँबाट पनि उनको सहयोगको लागि कुनै प्रयास नगरिए पछि , अन्तत: उनी मसँग आफ्नो जीवन कहानी लेखग्न आएका छन् । म जिम्मेवारीले यतिखेर निकै थिचिएको छु । मैले उनलाई दिने भनेको नै शब्द हो । शब्दद्वारा नै म सक्दो उनको सहयोग गर्नेछु घर्ती निकैबेर भावुक भए । उनले सहयोगको अपेक्षा गरिरहेका छन् ।

Comments
Post a Comment