पुष १२ नमचुई






मगर खाममा पुष १२ लाई नमचुई भनिन्छ । नम भनेको आकाश र चुई भनेको अचानो हुन्छ ।वृद्धवृद्धाहरुको भनाई अनुसार नमचुई लाईदिन लामो हुने र मगरात क्षेत्रमा आफनो घर पालुवा जनावरहरु आकाश जस्तै अतल र अचानो जस्तो बलियो होस भनेर सबैले नुन दिन्छन् ।



त्यहि दिन युवाहरु लेकमा पुगेर जरमुठा सर (उच्च भेगमा पाउने एक प्रकारको निगाला) घर ल्याएर तिर बनाउँछन् । आजको दिन बनाएको तिर धनुष वानले शिकार खेल्दा र तारा हान्दा निशाना राम्रो लाग्छ भन्ने बुदापाकाहरुको भनाइ छ । आ आफनो कमौता (दलित) ले फलामको सुरो (कोथल्या) दिन्छ । कोथल्या जरमुठा सरमा राखेर तिर तयार भएपछि टोल टोलमा युवा र केताहरु तिर (सर) भुँइमा ठाडो पारेर  पालो पालो एकले अर्काको तिरमा हान्छन् ।माघ १ गते देखि तामझाम रुपले मनाए पनि अनौपचारिक रुपमा पुष १२ को दिन देखि आ आफनो टोल टोलमा धनुष वान खेल्ने गरिन्छ जसलाई खाम भाषामा सेसिने भनिन्छ् । युवतीहरु प्नि कपडाको मान्छे (पुतली) डमी बनाएर खेल्छन् । धेरै पहिले युवायुवतीहरु हिउ छिचोलेर जरमुथा सर लिन जाने बेला युवतीहरुको युफी नाम गरेको साथी हिँउमा हराएर मर्यो त्यो दिन देखि मगरनी महिलाहरुले जरमुठा सर छुदैन्न् तिर पनि हान्दैन्न । पुषको मसान्तमा तरुल खनेर झलारीले माछा,शिकारीले मृग मारेर माईतीले छोरीचेलीलाई पुजन मिठो मिठो खानेकरा तयार बनाउछन् । मगर समुदायले माघ संक््रmान्तिमा आफना छोरीचेलीलाई सगुन र दक्षिणा दिने चलन रहि आएको छ । विशेष गरि मगर समुदायमा माघ संक््रmान्ति छोरीचेलीहरुको पर्व हो । यो चाडमा चेलबेतीहरुको पुजा गरि मनाउने चलन छ ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र