पुथा उत्तरगंगा गाउँपालीका केन्द्र बिर्गुम पदमी
हिमाली जिल्ला रुकुम पुर्ब पुथा उत्तरगंगा गाउँपालीकाको केन्द्र १३ न. वडाको बिर्गुम पदमीमा हुने भएको छ । स्थानीय प्रतिनिधीहरुको लामो बहस र छलफल पछि बिबाद तुङ्गिएको हो । गत १२ गते देखिको गहन बिबाद लाई अहिले बल्ल निकास दिएका छन् । यो भन्दा पहिले तकसेराले तकसेरामा बनाउन लामो आन्दोलन गरेको थियो भने राज्य बात अस्थाई अफिस कोलमा संचालीत थियो । यो भन्दा पहिले कोल र तकसेराले मात्र केन्द्र दाबी गर्दै आएका थिए समस्या समादान हुने छाँतकाँत नदेखिए पछि हुकाम,मैकोतका ७ वटा वडाले सबैलाई मान्य हुन गरघातमा दाबी गरे पछि सबैको सहमतिमा १३ न. वडामा राख्न सहमत भएको १० न. वडा अध्यक्ष ज्योतिप्रकाश गुरुङले जानकारी दिनु भयो । अब आधीकारीक रुपमा घोष्णा हुन बाँकी रहेको र बाँकी कार्य योजनामा छलफल भैरहेको कुरा पनि बताउनु भयो ।
Comments
Post a Comment