थाती पोस्तक





खामभाषी मगर समाजमा ईतिहाँस बोकेको थुप्रै थाती पोस्तकहरु छन् । निगालाको कलम ध्वाँसो र सिमिको पातको रसलाई मसि बनाएर भरुवा र भोजपत्रमा लेखेर वनको मृगको छालाको गाता हालेका थुप्रै किताबहरु अहिले पनि जैँसी धामी कहाँ देख्न सकिन्छ । पुरानो धामीझाँक्रीले प्रयोग गर्ने गरेका मगरको संस्कार भित्रका हरेक किसिमका पुजापाठमा पढिने मन्त्रहरु लेखेको पाईन्छ ।




मगरहरुसँग ज्ञानवद्र्धक कुरा, इतिहाँस,जिवजन्तु लगाएत सबै प्राणीहरुका सृष्तीमा उत्पतीका कथा,जडिबुटिको घरेलु उपचारका कुराहरु कथित राज्यले मगरको इतिहास मेटाईदिने दमनकारी योजना बाट भाषा संस्कृति नै हराईदिए आजको पुस्ताले समेत त्यसको भेउ पाउन सकेको छैन । राज्यले कस्तो नैतिक शिक्षा सिकायो भने हरेक धामीझाँक्रीले अध्ययन गरेको थाती पोस्तोकहरु आफु मर्दा मर्नु जिउनी एउटा आफुसँग लगेन भने स्र्वगमा वास पाउदैन् भनेर भ्रम फैलाई दियो सोझो मगरहरु राज्यका भरौतेहरुको कुरा साँचो मानेर अहिले सम्म पनि मर्नु जिउनी भनेर बचे खुचेका थाती पोस्तोकहरु सँगै लगिरहेका छन् । यो हाम्रो इतिहास लोप हुनै लागेका बेला भेतिएका थाती पोस्तोकहरु जोगाउन बेलैमा सचेत भएर शिक्षित मगर अगुवाहरुले सचेतना अभियान चलाउने आजको आबश्यकता रहेको छ ।



Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र