गजल
गजल
~~~~
जिम्माल बा र मुखियाको तिर्न बाँकी छ
डाडाँ लाहुरेनी बुढियाको तिर्न बाँकी छ
~~~~
जिम्माल बा र मुखियाको तिर्न बाँकी छ
डाडाँ लाहुरेनी बुढियाको तिर्न बाँकी छ
बैदारको काले कोदो,सुक्दारको मुरी मकै
गत सालको अँधियाको तिर्न बाँकी छ
गत सालको अँधियाको तिर्न बाँकी छ
रणेसाहु घरको ऋणले पनि भाका नाघ्यो
कचकच गर्छ चुतियाको तिर्न बाँकी छ
कचकच गर्छ चुतियाको तिर्न बाँकी छ
जग्गाजमिन बन्धकिमा,सुनचाँदी धितोमा
साँवा व्याज रुपियाको तिर्न बाँकी छ
साँवा व्याज रुपियाको तिर्न बाँकी छ
प्रधानको पन्ध्रसय,ठालूबाको आठ लाख
चारैतिर दुनियाको तिर्न बाँकी छ।।
चारैतिर दुनियाको तिर्न बाँकी छ।।
-गोविन्द पुन `गिरीश'
भूमे-9,चुन्वाङ रुकुम(पूर्व)
भूमे-9,चुन्वाङ रुकुम(पूर्व)

Comments
Post a Comment