प्रमाण बिनाको हड्डी डाक्टर
हिमाली जिल्ला रुकुम पुर्व भुमे गाउँपालिका साविकको मोराबाङ सिमा गाउँमा बिक्रम संबत १९९७ सालमा जन्मेका नरबहादुर पुनमगर एक अनुभवी स्थानीय हड्डी डाक्टर हुन । १६ बर्षे उमेरमा नै जोर्नी मर्केको र सडकेको मिलाउन सिकेका मगरले धेरै मानिसहरुलाई उपचार गरेर निको बनाएका छन् । मानव शरिरमा भएको ३६० वटा जोर्नीमा पैतलाको जोर्नीमा मिलाउन सबभन्दा अप्थ्यारो हुने गरेको कुरा बताउनु भयो । एक पटकको घटना तकसेराको कर्णसिं बुदामगरको श्रीमती जुनी बुदामगरलाई तिन वर्ष पुरानो जोर्नी मर्केको बनाई दिए । एउटा करंग भाँचिएको पत्ता लगाएर हस्पितल पथाए । पाल्पा तानसेनको मिसन अस्पतालमा पुगेर एक्सरे गर्दा साँचै हड्डी भाँचिएको देखियो ।
बिरामीको कुरुवाले नरबहादुरको बारेमा बताए पछि अस्पतालले उनै बिरामीको हातमा अस्पतालमा तुरुन्त समर्फकमा आउने चिठी पथाए तर घरको ब्याबहारले जान नसकेको कुरा बताए । अस्पतालमा गएको भए सायद डा.नरबहादुर पुनमगर हुन्थे होला भनेर बुयौली उमेरमा गललललल हाँस्नु भयो । मानिसको हड्डी भाँचिदा स्थानिय ओखती मुलो द्धारा उपचार गर्ने गरेको बताए । सिमा खोलामा मात्र पाईने एक प्रकारको दुङ्गा पिसेर घ्यू संग मिसाएर खुवाउने गरेको बताउनु भयो । त्यो खुवाए पछि छिटै भाँचिएको जोडिने कुरा पनि थप्नु भयो ।


Comments
Post a Comment