पुथा उत्तरगंगाको केन्द्र बिर्गुम पदमिको बिपक्षमा कोल आज बाट आन्दोलनमा उत्रियो

कर्मसहि घर्ती मगर १७ पुस , रुकुम ( पूर्व ) गत पुस १४ गतेको गाउँ सभाले पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र बिर्गम पदमीलाई सदर गरे पछि अहिले साबिक कामकाजी केन्द्र कोलले बिरोध जनाएको कुरा पुथा उत्तरगंगा गाउँपालिकाका प्रवक्ता भीम बहादुर मल्लले बताए । अहिले उक्त गाउँपालिका वडा नम्बर १२ कोलका जनता निकै आक्रोशित भएको बताईएको छ । पार्टीका झण्डा र ब्यानरहरू जलाएर उनीहरुले अब आइन्दा कुनै पनि राजनैतिक पार्टीहरुलाई कोल प्रवेश निषेध गरिने कुरा उक्त आन्दोलन समिति संयोजक दिलमान पुनद्वारा आज वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । असन्तुष्ट कोलबासी जनताले गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरुको राजीनामा र कोलमा पालिका पुनस्थापना हुनु पर्ने माग गर्दै जुलुस निकालेका थिए । जुलुस गाउँबाट तत्कालीन कामचलाउ पालिका कार्यालयमा गएर कोणसभामा परिणत भएको थियो । उनीहरुले चुनाबताकाका झण्डा , पम्पलेट र गाउँपालिकाको ब्यानर र झण्डा जलाएका थिए । स्मरणरहोस् यस अघि कुनै पनि कामकाजी काम कोलबाट सुचारू हुँदै आएको थियो । पुस १४ गते पालिका केन्द्र तोक्नै पर्ने हुँदा वडा नं. १० तक र वडा नं. १२ कोलबीच निकै खिचातानी भएको थियो । माथिल्लो र अरु वडाहरु लगभग सबै तटष्थ बसेको कारण कोल या तक केन्द्र हुनै पर्ने दुबैथरिको माग पूरा हुन पाएन । दुबै पक्ष उत्तिकै प्रतिबादमा देखिए पछि गाउँसभाले मध्यमार्गी बाटो अबलम्वन गरेको थियो । अन्त्यमा दुबै पक्ष गाउँ सभाकै निर्णयमा सहमति भए पछि सहमतीय आधारमा नै केन्द्र बिर्गुम पदमी भनेर हस्ताक्षर गरेको कुरा प्रवक्ता मल्लले बताउनु भयो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र