पोर्चुगलमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै



पोर्चुगलमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । मगरहरुको महानपर्व माघे सक्रान्तीको अबसरमा नेपाल मगर संघ पोर्चुगल शाखाले अंग्रेजी महिनाको फेब्रुअरी २५ तारिखका दिन माघे सक्रान्ती तथा मगर दिवसको अबसरमा लखन थापा मगर स्मृती खुल्ला युरोपियन भलिबल प्रतियोगिता हुने भएको छ । उतm प्रतियोगिता एकै दिनमा समापन गरिने भएको छ । प्रतियोगितामा बिजेता खेलाडीहरुले क्रमश दुई हजार, पन्ध्र सय र एक हजार राशी पुरस्कार साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन्् । प्रतियोगितामा सहभागी नाम दर्ता शुल्क प्रत्येक समुहलाई तिन सय यूरो तोकिएको छ । खेल अबदीमा उत्कृष्त खेल्ने खेलादी एक जनालाई एक सय यूरो मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र