झौलेनी गुरुआमा
मगर समुदायमा प्रचलित झौलेनी नाच एउटा भिन्नै प्रकारको संस्कृति हो । सामान्य तया मगर संस्कृति अन्र्तगतका नाचहरुमा गितको प्रयोग भएको पाईदैन । अन्य नाचहरु गित बिनानै बाजाको तालमा नाचिने गर्दछ भने झौलेनी नाच बाजा बिनानै समुहमा गाउँदै नाचने गरिन्छ । आफनो परिवारको सुख शान्ती दीर्घायू एवं कुनै दैवी विपत्ति नपरोस भनि दै देवताहरु भाकी यो नाच नाच्ने गरिन्छ । मगर समुदायमा चलेका चलन संस्कारका कुराहरु लगाएत महिला भएकै कारण समाजमा भोग्नु परेका दुख पीडाहरु लाई पनि गित मार्फत वेदना पोख्ने गरिन्छ । यो नाच आफनो छुट्टै शास्त्रीय विधी अन्र्तगत नाचिन्छ । हात र खुट्टाको हाउभाउ द्धारा आकर्षक ढंगले समुहमा गोलाकार भएर गित गाउँदै सामुहिक रुपमा नाचिन्छ । करिव लोप हुन लागेको यो नाच तकसेराको तकगाउँका अन्तिम एक पुस्ताका गुरुआमा ८० वर्षिय मोहनसरि बुदा मगर नया पुष्ताले चासो नदिँदा हामीमा सिमित हुनेछ भनेर दुखेसो गर्नु भयो । समयमै यस नाचको संसक्षण र सम्बर्धन गर्न सकिएन भने झौलेनी नाच नाच्ने यो पुस्ता नै अन्तिम पुस्ता हुनेमा दुईमत छैन । समयमै यस नाचको युवा पुस्तालाई नाच प्रति आकर्षण बदाउन सकिएन भने यस नाच सदाका लागि हामीबाट विदा भएर जाने कुरा गुरुमाले सुनाउनु भयो । सानै उमेरमा मगर संस्कार अनुसार बिसौनामा मागेका थिए साईनो पर्नेमा चल्न अनुसार उमेर नपुग्दा सम्म कुरेर उमेर पुगे पछि जुनसुकै बेला पनि लैजान सकिन्छ । करिब १५ वर्षको उमेरमा बोकेर लगि बिहे गरे कति खर्च भयो केहि थाहा नपाएका गुरुमालाई बोकेरै माईतमा ल्याएको कुरा स्मरण गर्नु भयो । चित नबुजे पछि तत्कालिन गाउँपञ्चायत हुँदै बाग्लुङ्ग जिल्लामा मुद्धा दायर गर्दा परिवार र आफन्तको दबाब धेरै खेप्नु भयो । हरेस नखाएर धेरै पटक जिल्ला धाएर अञ्चलाधीस ल्याएर मुद्धा जित्दा ठुलै यूद्ध जितेको महसुस गरियो भनेर ठोते दाँत देखाएर खितितितिति हाँस्नु भयो ।
मुद्धामामीलामा लागेको सबै खर्च दाजुभाईले नै ब्याहोरि दिए सानै देखि चन्चले स्वभाबका गुरुमाको बुवा नाच्ने गुरु भएर पनि नाचगानमा यति ज्ञान पाएको गुरुमा बुवाको खुँदा र तरवार निकालेर धेरै पटक आग्नमा नाचेको बालापन सझिनु भयो । १५।१६ वर्षे उमेरमै साथिहरुसँग कसम (देवि) खाने सल्लाह गरेर कसम खाएर नाच्दा लगाउने पहिरण सिलाएर तयार गरेका झौलेनीहरु दुर्भाग्य त्यो साल देखि झौला नाच्न जान पाएन्न । झौला जानलाई गुरुमाको घरको काम गरिदिएको कुरा बताउनु भयो । देवि भनेको देवताको भाकलमा कसम खानु र साथिलाई धोका नदिनु हो । चाँडीको चुरी ढुङरी सबैको सामु छुनु नै देवि छुने भनेर भन्निछ । आफना गुरुमा स्व.सम्झना बुदा मगर बाट धेरै ज्ञान सिकेका गुरुमाले यो धर्ती बाट एक पटक सम्झेर भाबुक हुनु भयो । अहिले सोमारानी र मास कथा मात्र गाएर झौला नाच नाच्ने गरिन्छ । गुरुमाले अरु कथा पनि गाउनु हुन्छ तर कथा पु¥याउन सकिएन भने नाच्दा नाच्दै मुटु दुख्ने, खुट्टा लदबदिएर नाच्न गाह्रो हुने कुरा बताउनु भयो । एक पतकको घटना सेरामा झौलेनी मर्दा नाच्न जाँदा बिधी पुरा नगरेर नाच्दा एकजना साथी बिरामी भएर फर्किएको कुरा सुनाउनु भयो । जिवनकालमा भोत (बतँै) बाट हिउँ छिचोलेर नुन बोकेर खाएको बिगत सम्झिदै अहिलेका पुस्तालाई सपना जस्तो लाग्ने कुरा सुनाउनु भयो ।
Comments
Post a Comment