लोक संस्कृती संरक्षण समाजको सम्मान कार्यक्रम



सभ्य र सचेत समाज निर्माण हाम्रो अभियान, आर्थिक, सामाजिक र साँस्कृतिक सभ्यताको पहिचान । भन्ने मुल नाराका साथ आफनो कला संस्कृती जोगाउन र भाबी पुस्तालाई पुस्तान्तरण गर्न पुथा उत्तरगंगा गाउँपालीका वडा न.५ मा स्थापना गरिएको श्री लोक संस्कृती संरक्षण समाज नेपाल हुकामले दुई दानीहरुलाई सम्मान गरेको छ । कार्यक्रमका बिच लोक संस्कृति संरक्षण समाज नेपाल हुकामलाई सहयोग गर्ने सोही वडाका फलबहादुर विक र सुविन घर्ती मगरले ल्यापटप र क्यामरा सहयोग गरेका थिए ।


श्री फल बहादुर कामी द्वारा Toshiba company को Laptop computer रु ७०,००० बराबरको प्रदान भएको छ भने श्री सुबिन घर्तीमगर द्वारा Sony company को डिजिटल क्यामेरा प्रदान भएको छ। उक्त महान व्यक्तिहरूलाई संस्थाले सम्मान पत्र सहित सम्मान गरेको थियो। सभापति लोक संस्कृति संरक्षण समाज नेपाल हुकाम का अध्यक्ष श्री अशोक घर्तीमगर,प्रमुख अतिथि जेष्ठ गुरुवा श्री गंगा बहादुर घर्तीमगर रहनु भयको थियो , स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष श्री बिरभान घर्तीमगरले दिनुभयको थियो ,कार्यक्रम संचालन सहसचिव श्री आशिष घर्तीमगर, अतिथिहरु पूथा उत्तरगंगा गापा वडा न. ५ का वडा अध्यक्ष श्री काली बहादुर रोकामगर , प्रहरी इन्चार्ज अभिलेख चौधरी तथा अन्य अतिथिहरु र आम हुकामी बासिन्दाहरूको उपस्तिथिमा कार्यक्रम संचालन भएको थियो।




Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र