पुर्वी रुकुमको सदरमुकाम गोलखादा
नेपालको कान्छो हिमाली जिल्ला रुकुम पुर्बको सदरमुकाम अस्थाई रुपमा रुकुमकोत बाट प्रशासनिक काम गर्दै आएको थियो । सदरमुकाम कहाँ हुने भनेर सर्बसाधारण जन्तामा अन्योलता थियो । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले बल्ल पुथा उत्तरगंगा गाउँपालीका १२ न. वडाको गोलखादामा सदरमुकाम तोकेर निकास दिएको छ । समग्र भुगोलको आधारमा तिन वटै गाउँपालिकालाई सम्बोधन गरेको कुरा जानकारहरु बताउछन् । कुनै ठाउँ बिशेषलाई काखा र पाखा नगरि सबै जिल्लाबासीको चित्त बुझने गरि सदरमुकाम गोलखादामा तोकिएको कुरा बिज्ञहरु बताउँछन् ।
Comments
Post a Comment