वडा कार्यालयमा सेवा ग्राहीकाे घुँईचाे



गाेपालसिँह खड्का /रुकुम पश्चिम रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका १० र ११ काे वडा कार्यालयमा सेवा ग्राहीकाे घुँईचाे लाग्ने गरेकाे छ।सामाजिक सुरुक्षा भत्ता सिफारिस लगाएतका काममा स्थानीयहरु अाएपछि घुँईचाे बढेकाे वडा कार्यालयले जानकारी दिएकाे छ।जेष्ठ नागरिक एकल महिला बालबालिकाकाे भत्ता वडाकार्यालयबाटै वितरण गर्दा सिफारिस लिने जग्गाकाे तिराे तिर्ने लगाएत दैनिक काममा गर्ने कार्यमा पनि सहभागीहरु सबै सँगैहुँदा घुँईचाे बढेकाे ११नं.वडाका वडाध्यक्ष तुलसीराम बुढाथोकीकाे भनाइ छ।घुँईचाे बढ्दा भत्ता लिन अाउने जेष्ठ नागरिकमा बढि मार परेकाे छ।सिहदरवारकाे अधिकार गाँउगाँउमा अाए पनि अझै सहज हुन नसकेकाे सेवाग्राहीकाे गुनासाे छ साथै वडामा कर्मचारीकाे अभावले झनै अप्ठ्यारो परेकाे छ।दुवै वडाकाे एउटै वडासचिवले काम गर्दा ढिलाे र घुँइचाे बढेकाे वडाकार्यालयले बताएको छ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र