काँबुल
तकसेरालाई चिनाउन काँबुल (राडीपाखी) को उल्लेख्य भुमिका छ । कोसेलीका लागी काँबुलको प्रयोग गरिएका थुप्रै क्षणहरु छन् । २०६१ साल फाल्गुन महिनामा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई रुकुमको सदरमुकाम मुसिकोट खलङ्गामा भएको नागरिक अभिनन्दनका क््रmम्मा तकसेराको काँबुलको उपहार दिइएको थियो । त्यसयता जिल्लामा आएका केन्द्रका ठुला पाहुनाहरुलाई जिल्लाको तर्फबाट प्रदान गरिने कोसेलीको रुपमा तकसेराको काँबुल उपहार दिने परम्परा अझै मौलाउँदो छ ।
तकसेरामा परम्परागत घरेलु विधीबाट काँबुल बुनिन्छ । अझै पनि परम्परागत हाते कलाबाट ऊनका काँबुल,फेरुवा,घुमच बुन्ने गरिन्छ । ऊन उत्पादनको लागी भेडाबाख्रा पाल्नु अनिबार्य पेशा हो । तकसेराको दैनिक अर्थ व्यापारलाई निरन्तर चलायमान बनाउन भेडाबाख्रा,उन,काँबुलको ठुलो योगदान छ । स्थानीय बासिन्दा मिहिनेती साथ साथै ब्यापारमा पनि माहिर छन् । मध्य पुसमा चिसोको प्रवाहनगरि हिउँ छिचोल्दै आआफुले बुनेका काँबुलको भारी बोकेर बास बस्दै बस्दै रिडी गण्डकी मान्न आउँछन् । रिडीमा माघ सङराती मान्दा ब्यापार पनिहुने मनोरञ्जनको मज्जा पनि लिन सकिने र साथमा आफनै रोजाईको आवश्यक भाँडाकुडा किनेर फर्किन्छन् । पाल्पा,गुल्मी,अर्घाखाँचीको संगमस्थल रिडीमा रुकुमको काँबुल भनेपछि कोसेलीको लागी किन्नेको लर्को लागेको हुन्छ ।


Comments
Post a Comment