सुन्दह सम्म सुनौलो हातहरु ।



कर्मसहि घर्ती मगर २४ पुस , रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ रन्मा गाउँदेखि दुई दिन हिँडेर पुगिने पर्यटन तथा यार्सा क्षेत्र सुनदहसम्मको निकै जोखिमयुक्त बाटोलाई करीब एक सय पचास जनाले नाैँ/नाैँ दिन खनेर सकिएको कुरा उक्त वाडाका अध्यक्ष ढोकरा बुढाले जानकारी दिएका छन् । गोरेटो बाटो रन्मादेखि बारास गाेँसम्म र बारास गाेँदेखि सुनदहसम्म गरेर उक्त गोरेटो बाटो निर्माण गरिएको थियो । विशेषगरी यार्सागुम्बा टिप्न जाने बेला अत्यधिक जनमानस उक्त जोखिम बाटोमा हिँड्नु परेको दयनिय अवस्था थियो । अहिले उक्त गोरेटो बाटोमा बस्तुभाउ समेत र खच्चडहरु मजाले भारीसँग पनि आतेजाते गर्न सकिने कुरा अध्यक्ष बुढाले बताए । वडा नं ३ बाटै छुट्याइएको दस लाख रकम र जनश्रमदानबाट यो बाटो निर्माण हुँदा हजाराैँ जनता तथा पर्यटकहरु लावान्भित हुन सक्ने अनुमान गरिएको छ । यो भन्दा अगाडी आन्तरिक तथा बाह्य पर्यटकहरु सुन्दर पर्यटन नगरी सुनदहमा जान निकै कठिन यात्रालाई स्विकार्नु पर्ने बाध्यता थियो । अहिले रन्माका जनताले यो जटिलतालाई निकै सहज बनाएको कुरा अध्यक्ष बुढाले बताएका छन् ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र