गोलखादा सदरमुकामको समर्थनमा एक्यवद्धता जनाउदै मैकोटमा खुशियाली र्‍याली




कर्मसहि घर्ती मगर १५ माघ , रुकुम पूर्व 
मन्त्री परिषद्ले गत माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ कोल गोलखादालाई सदरमुकाम तोके पछि त्यस निर्णयको समर्थनमा एक्यवद्धता जाहेर गर्दै मैकोटमा चाैताराबाट खुशियाली र्याली पुरानो स्कुल , धर्मशाला , बारगर हुँदै पुन: चाैतारा आएर कोण सभामा परिणत भएको थियो उक्त जुलुशमा करीब तीनसय जना भन्दा बढिको सहभागी थियो जुलुशमा नयाँ सदरमुकाम गोलखदा प्रति एक्यवद्धता जनाउँछाैँ , पूर्वी रुकुम जिन्दाबाद गोलखदालाई तुरुन्त कार्यान्वयनमा ल्याईयोस् जस्ता गगनभेदि नारा लगाईएको थियो उक्त जुलुस चाैतारामा समापन हुँदा जम्मा दुई जना वक्ता रहेको , जसमा आइतमान पुन मग बहादुर कामीले पूर्वी रुकुम आफैमा एउटा विकट तर प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला भएको मगर तथा दलित समुदायको सघन वस्ती भएको अधिकांस भूभाग माथिल्लो भेगमा परेको हुँदा अब बल्ल हिमाली भेगका जनताले शान्तिको श्वास फेरेको बताए बुद्धिजीवी तथा सामाजिक कार्यकर्ता आइतमान पुनले सकभर सरकारले सुगम क्षेत्रलाई मात्र प्राथमिकता नदिएर दुर्गम क्षेत्रलाई पनि सबै क्षेत्रलाई समेटिने गरि सदरमुकाम घोषणा गरिए देशको विकास द्रुतगतिमा हुने बताए उनले थपे - माथिल्लो खाम मगरहरुको सघन वस्ति रहेको क्षेत्र रुकुम पूर्वको जनसंख्याको लगभग ८०% मगरहरुको बाहुल्यता रहेको क्षेत्रमा सदरमुकाम घोषणा हुँदा रुकुमकोटलाई कुनै आपति नहुनु पर्ने हो




अहिले गोलखदामा सदरमुकाम घोषणा गरेर पछि राजनीतिक छलछाममा पारेर यहाँको जनतालाई निरास पार्ने कदम अबको सरकारले नगरोस् बुद्धिजीवी पुनले अझ थपे - यो सदरमुकामको घोषणामा असन्तुष्ट रुकुमकोटले पर्वत क्षेत्रसँगको दशकाै लामो न्यानो सम्बन्धलाई असर नपर्ने तरीकाले आफ्नो कदम चलाओस् अर्का वक्ता मग बहादुर कामीले यो सदरमुकामलाई छिट्टै स्थायित्व दिईयोस् भने सरकारले जनतालाई आपसमा लडाउने भन्दा पनि सहि सर्वस्विकार्य निकास देओस् सबै तह तप्काले यो कामकार्यमा यथोचित सहयोग गर्न आग्रह गरे यसभन्दा अघि रुकुम पूर्वको माथिल्लो भेगलाई सम्बोधन गरेर नेपाल सरकारले हिमाली जिल्ला घोषणा गरे पनि निकै अन्यायपूर्वक काम चलाउ सरकार रुकुमकोटमा तोकेर तत्कालीन अवस्थामा असली हिमाली जिल्लाको खिल्ली उदाएको उपस्थित जनमानसको दुखेसो थियो कोणसभा हुनु भन्दा पहिले पछि खुसियालीमा डिग्रेनाच , सिँगारू नाच झ्होला नाच नाचेर नाचेर शुरुवात समापन भएको थियो उता कोल लगायतका ठाउँमा पनि खुशियाली र्याली भएको जानकारीमा आएको


Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र