चेलि पुजेर खाने पर्व माघ (फोटो फिचर)




माघ अर्थात माघे सक््रmान्ती पर्व मगर जातीको मुख्य पर्व हो । मगर जातीले यसलाई चेली पुजेर खाने पर्व तथा चेली माईती भेत हुने ठुलो अबसरको रुपमा भब्य रुपमा मनाउने गर्छन्् । परदेशमा गएका प्रदेशिहरु चेली भेतन घर फर्किन्छन्् । मगर र थारु जातीको मुख्य पर्ब भए पनि सामान्य तया यो पर्ब सबैले मनाउने गर्दछन्् । माघमा मगर र थारु जातीले आफना चेलीबेतीहरु लाई पुज्ने चलन छ । आफना चेलीबेतीहरुलाई सगुन र दक्षिणा दिने गरिन्छ । मगर समुदायमा माघ पर्बलाई आफनै विधिवत रुपमा रहेर मनाउने गर्छन्् । मगर खाममा पुष १२ लाई नमचुई भनिन्छ । नम भनेको आकाश र चुई भनेको अचानो हुन्छ । वृद्धवृद्धाहरुको भनाई अनुसार नमचुई लाईदिन लामो हुने र मगरात क्षेत्रमा आफनो घर पालुवा जनावरहरु आकाश जस्तै अतल र अचानो जस्तो बलियो होस भनेर सबैले नुन दिन्छन्् । त्यहि दिन युवाहरु लेकमा पुगेर जरमुठा सर (उच्च भेगमा पाउने एक प्रकारको निगाला) घर ल्याएर तिर बनाउँछन्् ।


आजको दिन बनाएको तिर धनुष वानले शिकार खेल्दा र तारा हान्दा निशाना राम्रो लाग्छ भन्ने बुदापाकाहरुको भनाइ छ । आ आफनो कमौता (दलित) ले फलामको सुरो (कोथल्या) दिन्छ । कोथल्या जरमुठा सरमा राखेर तिर तयार भएपछि टोल टोलमा युवा र केताहरु तिर (सर) भुँइमा ठाडो पारेर  पालो पालो एकले अर्काको तिरमा हान्छन्् । माघ १ गते देखि तामझाम रुपले मनाए पनि अनौपचारिक रुपमा पुष १२ को दिन देखि आ आफनो टोल टोलमा धनुष वान खेल्ने गरिन्छ जसलाई खाम भाषामा सेसिने भनिन्छ्् । युवतीहरु प्नि कपडाको मान्छे (पुतली) डमी बनाएर खेल्छन्् ।



धेरै पहिले युवायुवतीहरु हिउ छिचोलेर जरमुथा सर लिन जाने बेला युवतीहरुको युफी नाम गरेको साथी हिँउमा हराएर मर्यो त्यो दिन देखि मगरनी महिलाहरुले जरमुठा सर छुदैन्न्् तिर पनि हान्दैन्न । पुषको मसान्तमा तरुल खनेर झलारीले माछा,शिकारीले मृग मारेर माईतीले छोरीचेलीलाई पुजन मिठो मिठो खानेकुरा तयार बनाउछन्् । मगर समुदायले माघ संक््रmान्तिमा आफना छोरीचेलीलाई सगुन र दक्षिणा दिने चलन रहि आएको छ । विशेष गरि मगर समुदायमा माघ संक््रmान्ति छोरीचेलीहरुको पर्व हो । यो चाडमा चेलबेतीहरुको पुजा गरि मनाउने चलन छ ।


चेलिहरुलाई पुज्नका लागी चामल,फलफुल,तरुल,रोटी आदी जम्मा गर्छन्् । यो खानेकुरालाई मिश्रा भनिन्छ्् ।  माघ संक्रान्ति वा माघ १ गते भालेको पहिलो दाकासँगै सबेरै उठेर खोलामा गएर स्नान गरी बुवा,दाजु या भाईले सबै घरभित्रको चेलीहरुलाई एक ठाउँमा भेला गराएर मिश्रा चढाई पुज्ने गर्दछन्् । घरभित्र उपस्थित सम्पुर्ण दिदिबहिनीहरुको पुजा गरिसके पछि फेरी विवाहित चेलिहरुको घर घरमा पुगेर पुजिन्छ्् । दाजुभाई वा वुवा चेलिघरमा पुगेन्न भने चेली रुन्छीन अनिवार्य रुपमा चेलिको घरमा पुग्ने चलन रहेको छ । सबै चेलिहरुलाई पुज्निसकदा सम्म केहि पनि खानेकुरा खानु हँुदैन भन्ने मान्यता रहेको छ । दाजुभाई बात पुज्ने काम सकिए पछि कन्य महिलाहरु साथीसंगीसँग मिलेर पुतली बोकेर खोलाको तिरमा गएर जलाउँछन्् ।



पुतली जलाउने बेला युवायुवतीले गित बात.... भाग्याको झोली नरोउ है चेली माईती छ मलामी ।।......पतुली दिदि दुई हात जोडी माईतीलाई सलामी‘।।। यूवायूवतीले बिलौना गर्छन्् । मृत्यु भएका परिवारजनमा अस्तु जलाएर बगाउने आफना क्षम्ता अनसार चेलीबेती लाई दक्षिणा गरि मृतआत्माले पुण्य प्राप्त गर्दछ भन्ने परम्परागत मान्यता छ । यसै दिन देखी पुरुषहरु खुल्ला चौरमा गएर धनुषवानले तारा हान्छन्् । र बुदापाकाहरु उतm ठाउँमा बसेर दुःखसखका गित लय मिलाएर गाउछन्् । त्यो गितलाई स्याम्बो गित भनिन्छ्् । खोलामा पुतली जलाउन गएका कन्य महिलाहरु फर्केर आउदा जौँ वारी बात जौँको बिरुवा जरै बात उखेलेर ल्याउछन्् उतm जौँ खुसियालीमा तारा हान्ने वृद्धवृद्धाहरु सबैलाई शिरमा लगाइदिएर खुसिका पलहरु एक आपसमा सातासात गर्छन्् । कन्य महिलाहरु एक ठाउँमा भेला भएर भिबिन्न परिकार जम्मा गरेर खान्छन्् ।


 १ गते साँझ पुरुषहरु आफनो साइनो पर्ने महिलाहरु भेला भएको ठँउमा गएर सुङ्गुरको छाला (वबाद्ध) मासु १ बितो नापेर धागो चिनोले बाडेर छोडछन्् । त्यो मासु सालीहरुले राती पकाएर राख्छन्् । २ गते बिहान सालीभेना विच बाजी हुन्छ सालीहरुले मासु र रोती (सर) तिरमा उनेर निश्चित ठँउमा राखेर १५।२० मितर ताढा बात हान्न लगाईन्छ । उनेको मासु र रोतीलाई स्याकुन्दुले भनिन्छ्् ।

बाजी आपसी सहमतिमा जे पनि हुनसक्छ्् । पुरुष हारेमा सालीको नोकर भन्ने महिला हारेमा भेनासग बिहे गर्नुपर्छ । अहिले आएर यस्तो चल्न फेरिएर परुष हारेमा महिलालाई चुरापोते वा केही चिनो किनिदिने महिला हारेमा रक्सीले मिसाउनी हाल्छन्् । र सांझपख गित गाएर रमाइलो गर्छन्् । ४।५ दिन सम्म धनुषवान खेलेर अन्तिम दिन हर्ष उल्लासका साथ...उहि माघ आउछ उहि माघ जान्छ जोवन त आउदैन्् । बाचिएमा अर्को साल मरियमा हरायो हअअअ स्यम्बो ।।।। बाचिएमा अर्को साल स्याम्बो ।।। भन्ने गित गाउदै यो वर्षको माघलाई बिदाई गर्छन्् ।


तकसेराको सन्दर्भमा पनि माघ मनाउदा सबै मनाउने प्रथा उहि तरिकाले मनाईन्छ तर तारो थाप्ने र दाल्ने अलि फरक छ तकसेराको तकमा मुख्य तिन थर जेठी,कान्छी र घर्ती बसोबास गर्छन्् । तिनवतै थरको आ आफनै भुमिका हुन्छ । कान्छी थरले तारो ठद्याउछ,जेठी थरले औपचारीक रुपमा धनुषवान हानेर उत्घातन गर्छ भने बिचको दिनमा सबैले पालो पालो मिलेर धनुषवान खेलछन्् कसैले सो इच्छाले पैसा दान गर्छ कसैले बोकेर घर लैजाने भन्छ भने उसका भान्जा नाता पर्नेले घर सम्म बोकेर गाजा बाजा सहित लैजान्छन्् । भाईभारदार जतिलाई पनि बोकेर लैजान्छन्् । घरमा पुग्ने बेला कन्या चेलीले सेतो टिका लगाएर स्वागत साथ सगुन स्वरुप पिउनेलाई रकसी नपिउनेलाई दुधको आहार दिएर घर भित्र लस्करै बसाल्छन्् । भान्जाहरु र बाद्यबादकलाई पनि रक्सीले स्वागत गरे पछि सकने जति दक्षिण दिएर बिदाई गर्छन्् । पुःन तारा हान्ने ठाउमा पुगेर धनुषवान हानेर रमाईलो गर्छन्् । पाचौ दिनमा दिन भरि रमाईलो गरेर सुर्यस्त सगै घर्ती थरले चार दिशा ताकेर पुर्व दिशामा अन्तिम वान हानेर अनिकाल पुर्वतिर जावस सुबिकाल पश्च्मि बात आवोस भन्ने कामना गर्दै (फल्याक) तारा दालेर औपचारीक रुपमा धनषुवान हान्ने बिदाई गरिन्छ ।     

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र