नेपाल दलित मुक्तिमोर्चा रुकुम पूर्वको प्रथम बैठक सम्पन्न





कर्मसहि घर्ती मगर २४ पुस , रुकुम पूर्व नेपाल दलित मुक्तिमोर्चा रुकुम पूर्वको प्रथम बैठक मोर्चाका संयोजक जितराम वि. क. को संयोजकत्वमा नेकपा माओबादी केन्द्र रुकुम पूर्वका संयोजक मेग बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा रुकुमकोटमा प्रथम बैठक शुरु भएको छ । उक्त बैठकले राजनैतिक तथा वैचारिक बारेमा , संगठन सम्बन्धमा , आर्थिक सम्बन्धमा , विकास निर्माण सम्बन्धमा , संघर्ष सम्बन्धमा , दलित भित्रमा हुने सबै प्रकारका उत्पिडन तथा विभेदका विरुद्ध संघर्ष गर्ने , माघ महिनाभित्रै वडापालिका सम्मेलन , गाउँपालिका सम्मेलन र जिल्ला सम्मेलन माघमा गरिसक्ने बारे वृहद छलफल गरि निर्णय गरिएको कुरा मोर्चाका अध्यक्ष जितराम वि. क. ले बताएकाछन् । उक्त बैटटकमा पालिका स्तरबाट मोर्चाको कामकार्यबारे रिपोर्टिङ गरिएको थियो । उक्त रिपोर्टिङको आधारमा मोर्चालाई अझ सशक्त र सुदृढीकरण पार्न सहभागी सबै वक्ताहरुले विशेष जोड दिएका थिए ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र