पुथा उत्तरगंगा गाउँपालिका १ मा गोरेटो बाटो निर्माण
कर्मसहि घर्ती मगर
२८ माघ , रुकुम पूर्व
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मा सतिफले गोरेटो बाटो निर्माण भएको छ । उक्त बाटो वडास्तरीय बजेटमा खनिएको कुरा उपभोक्ता समूहका अध्यक्ष देबिन घर्ती मगरले बताएका छन् । ४२ जनाको समूहले ६ दिनमा नितान्त नयाँ बाटो ४ दिन लगाएर खनेका थिए । साथै पुरानो भत्केको बाटो पुन:निर्माण गर्न दुई लागेको कुरा अध्यक्ष घर्तीले जानकारी गराए ।
यो भन्दा अघि मोस्यार्पुप गोरेटो बाटो हुँदै मैकोट पुगिन्थ्यो । अब यो सतिफले बाटो निर्माण भयो भने मैकोट पुग्न करीब एक घण्टा नजिक हुने दाबी उनको छ । निकै भिरालो र उकालो पखेरालाई खनेर सहज बाटो बनाउनु आफैमा एउटा चुनाैती भएको तर यसले सम्पूर्ण पदमार्गीहरुलाई आरामदायी यात्रा हुने भएकोले धेरैले शान्तिको स्वास फेरेको सतिफले गोरेटो बाटो उपभोक्ता समूहका अध्यक्ष देबिन घर्ती मगरले बताए । कुल रकम रु. ४,५०,००० मा उक्त बाटो खनिएको थियो ।
तस्बिर-कर्मसहि घर्ती मगर

Comments
Post a Comment