ह्लसार
मैत्या घर्ती मगर
रुकुम पुर्व
हिमाली जिल्ला रुकुम पुर्व पुथा उत्तरगंगा गाँउपालीका १० न.वडा साविकको तकसेराको तकगाँउमा जथाभावी हलो जोत्न निषेध छ । स्थानिय वासिन्दाले वर्षमा सात महिना मात्र हलो जोत्न पाउँछन् । हिउँदे बाली लगाए लगतै पाँच महिना हलो बन्द गरिन्छ । बालीनाली लगाउने सिजन शुरुवातसँगै फागुनको पहिलो हप्ता जैँसी वा धामीले साईत हेरेर मात्र हलो जोत्ने दिन निकाल्छन् । त्यसलाई स्थानीय बासिन्दाले हलो (हलसार) फुकुवा भएको दिन मान्छन् । हलो फुकुवाको पनि आफनै विधि हुन्छ ।
त्यसका लागी तक गाँउमा पहिलो बस्ती बसाउनेको सन्तानहरुले विधिवत रुपमा पुजा गर्छन । उमेर पुगेका घर्ती यूवाहरुको चिना ग्रहदशा जुराएर चुनिन्छ । जस्को नाम जुर्छ त्यो वर्ष उसले हलसार लाउनु पर्छ । हलसार लाउनलाई नयाँ फलामको फाली बनाउन लगाई पुजाआजा गरी कुखुराको बली दिई हलो जोत्ने काम शुभारम्भ गरिन्छ ।
नजिकैको खुल्ला चौरमा बिहानै पुगेर दक्षिन मुख फर्केर करिब २०।२५ मितर जति जोत्दै गएर पुःन उत्तर तिर फर्काएर पहिले जोतेकोमा कैँचीको रुप जस्तै क्रस गरेर जोते पछि हल्सार पुरा हुन्छ । यसै खुसियालीमा भोज खाने चलन पनि छ । यसरी विधिवत रुपमा सुरु गरेको तीन दिनपछि मात्र गाँउका सबै किसानले आ आफनो सुविधा अनुसार खेतबारीमा जोत्न पाउँछन् ।
Comments
Post a Comment