पुथा उत्तरगंगा ५ मा वडा कार्यालय उद्घाटन
कर्मसहि घर्ती मगर
१ फाल्गुन , रुकुम पुर्व
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ५ हुकाममा फाल्गुन १ गतेका दिन भव्य तरीकाले वडा कार्यालय उद्घाटन गरियो । वडा अध्यक्ष काली प्रसाद रोकाको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । उपलब्ध विभिन्न दलका प्रतिनिधिहरु , स्वास्थ र प्रहरीको पनि उपस्थिति रहेको थियो । निकै तामजामका साथ उद्घाटन गरिएको कार्यक्रममा भू. पू. गाबिस अध्यक्ष पञ्चराम बि. क. को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अन्य दलको तर्फबाट बोल्ने वक्ताहरूले वर्तमान वडा अध्यक्षले सबैलाई समेटेर लानु पर्ने र विकास निर्माणलाई सहि सदुपयोग गर्नु पर्ने सुझाब दिएका थिए । वडा अध्यक्ष काली प्रसाद रोकाले आफुले विकास निर्माणमा कुनै कन्जुस्याइँ नगर्ने र आवश्यकतानुसार सबैको राय सल्लाह अनुसार काम गर्ने बताए ।
स्मरण रहोस् उक्त वडा कार्यालय रु. ३७५००० को बजेटमा निर्माण गरिएको तर करीब रु. ५००००० को लगानी भएको अध्यक्ष रोकाले बताए । आवश्यक बजेटले मात्र नभ्याएकोले बाँकी रकम आन्तरिक कोषबाट पूर्ती गरिने कुरा उनले बताए । अध्यक्ष रोकाले अब आफ्नै कार्यालय भए पछि जनताको समस्या आबश्यकतानुसार हल गर्न दुबै पक्षलाई सहज हुने बताए ।
यातायातको अभावमा भवन बनाउनु आफैमा एउटा चुनाैती रहेको अध्यक्ष रोकाले बताए । दुई वटा कोठाको उक्त पक्की भवन अत्यन्त ब्यवस्थित रहेको छ ।

Comments
Post a Comment