सरकारको निर्णय बिरुद्ध परेको रित निवेदनको भण्डाफोर गर्न फाल्गुन ६ गते काठमाडौंमा र्याली






मैत्या घर्ति मगर, काठमाडौं-

नेपाल सरकारको २०७४ माघ ११ गतेको निर्णय बिरुद्ध परेको रित निवेदनको भण्डाफोरको गर्न फाल्गुन ६ गते काठमाडौंमा शान्तिपुर्ण र्यालीको आयोजना गरिएको छ । नेपाल सरकारले हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम गोलाखाडा राख्ने निर्णय बिरुद्ध सर्बोच अदालतमा रित परेको थियो । कान्छो जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोट नितान्त अपायक परेकाले सरकारले तोकेको स्थान गोलाखाडामै सवैको लागि न्यायपूर्ण हुने रुकुम पुर्व सदरमुकाम स्थानार्थ सरोकार समितिका संयोजक केशरमान रोका मगरले बताउनु भएको छ ।

आफ्नो अधिकारको लागि आवाज नउठाई नहुने अबस्था आएको भन्दै संयोजक रोकाले शान्तिपूर्ण र्यालीमा उपस्थित हुन सवैलाई आब्हान गर्नु भएको छ । फाल्गुन ६ गते शुरु हुने भनिएको र्याली दिनको १२ बजे देखि शुरु हुनेछ । शान्तिपूर्ण र्याली रत्नपार्क, शहीदगेट हुँदै माइतीघर मण्डलामा कोण सभा गरि कार्यक्रमको समापन हुने संयोजक रोकाले तकसेरा अनलाइन  लाई जानकारी दिनु भयो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र